वीरगन्ज । ठाकुर राम बहुमुखी क्याम्पस बिरगंज पर्सामा १६ वर्षपछि भोली चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेको छ। यसै सन्दर्भमा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट सभापतिका उम्मेदवार पवन यादवले आफ्नो प्यानलसहित मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी दर्ताका क्रममा ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति र समर्थन देखिएको थियो । जसले यादवको पक्षमा जनलहर बढ्दै गएको संकेत पनि गरिएको थियो ।
यादव निरन्तर विद्यार्थीको समस्यामा र सुखदुखमा कलेज भित्र समय बिताउने भएकाले यसपटक उनको जित पक्का रहेको बिद्यार्थीहरुले बताएका छन । दिनरात विद्यार्थीहरूको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका अनेरास्वबियु पर्सा सचिव यादव लोकप्रिय विद्यार्थी नेता हुन् । उनी अनेरास्ववियु पर्सा कमिटी सचिव समेत रहेका छ्न ।
यादवको उम्मेदवारी र उनको पक्षमा देखिएको जनलहरले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियुको सम्भावनालाई थप बलियो बनाएको छ । यसले क्याम्पसको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन र विद्यार्थीहरूको हकअधिकारको संरक्षणमा योगदान पुऱ्याउने अपेक्षा समेत गरिएको छ ।
विद्यार्थीहरुको समस्यालाई लिएर दिनरात कलेज चहार्ने यादवलाई विद्यार्थीहरुले प्राथमिकतामा राखेका छन् । ठाकुर राम बहुमुखी क्याम्पसमा विभिन्न राजनीतिक पार्टीवाट चुनाव लडने विद्यार्थी नेताहरु भएपनि यादव एक इमोशनको रुपमा उभिएका छन् ।
ठाकुर राम बहुमुखी क्याम्पसमा पढने विद्यार्थीहरु पनि जातपातको राजनीतिमा सक्रिय रहेको बेला यादव जातपातभन्दा पार्टी र व्यक्तिगत विचारको रुपमा उभिएका छन् । ५ गते हुने चुनावमा यादव अन्य उम्मेदवार भन्दा अब्बल एकल उम्मेदवार देखिएका छन् ।
ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा १४ जनाको उम्मेदवारी परेपनि खासगरी तीनजनाबिच कडा प्रतिस्पर्धा हुने विद्यार्थीहरु नेताहरुको आंकलन छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को किल्ला मानिने ठाकुरराम बहुमुखी क्याम्पसमा सभापति पदका लागि नेविसंघका विकास कुमार मण्डल धानुक, अनेरास्ववियुबाट पवन यादव, अनेरास्ववियु (क्रान्तिकारी) का अनिष पटेल, समाजवादी विद्यार्थी युनियनबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलीले उम्मेदवारी दिएका छन् ।