बिरगंज । पकाहामैनपुर युवा सञ्जालको दबावमुलक र कडा रुपमा प्रस्तुत भई जाने निर्णय गरी आज चौथो बैठक सम्पन्न भएको छ । युवा सञ्जालको समिति सदस्यको बैठक पकाहामैनपुर गाउँपालिकाको वडा नं ४ खेश्रहामा सम्पन्न भएको छ ।
युवा सञ्जालले गत बुधबारका दिन पकाहामैनपुर गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियालाई १५ बुंदे मांग राखी बुझाएको ज्ञापन पत्रको मांग सम्बोधन गर्न गाउँपालिका अध्यक्ष चौरसिया असहमत भएमा युवा तथा राजनीति पार्टी प्रतिनिधिहरुबाट आवद्ध युवाहरु र युवा सञ्जालका सदस्यहरु चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका छन्।
भोलि आईतबारका दिन युवा तथा पार्टी प्रतिनिधिहरु युवा सञ्जालको साथमा गाउँपालिका कार्यालय गई मांग प्रति कार्यालयबाट जानकारी लिन ११ बजे गाउँपालिका कार्यलय पुग्ने युवा सञ्जालका अकलेस साहले जनाएका छ्न। उक्त बैठकमा विभिन्न पार्टी संग आवद्ध रहेका नेता , युवा , पत्रकार , समाजसेवी र युवा सञ्जालका सदस्यहरुले मन्तब्य राखेका थिए।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका हरी चौहान , नरसुलाहा मियाँ , अनिल शाह , राकेश कुशवाहा , नेकपा एमालेका राजेश सहनी , मदन पासवान , प्रमोद पटेल , जसपा फरिन्द्र चौहान, नवल पटेल ,गोविन्द यादव , रामजी यादव , जनमत पार्टी सुदर्शन साह , सुशासन अपभियानका ओमप्रकाश पटेल , पत्रकार बिन्दूभुषण साह , स्थानीय युवा हरीचन् पटेल , दीपनारायण ठाकुर , जितेन्द्र चौहान , सिकेन्द्र सहनी , सन्दिप सहनी , हरिचन पटेल , अम्बिका पटेल , कुनाल पटेल , कमलेश यादव लगायत युवा , बुद्धिजीवि र समाजसेवीको सहभागिता रहेको थियो।