हालै, डिजिटल अरेस्ट सम्बन्धी ठगीका घटनाहरू बढिरहेका छन् । साइबर अपराधीहरूले यस प्रविधिको प्रयोग गरेर मानिसहरूलाई ठगी गरिरहेका छन् । तपाईंलाई थाहा छ डिजिटल अरेस्ट के हो र कसरी अपराधीहरूले यसलाई प्रयोग गरेर मानिसहरूलाई शिकार बनाइरहेका छन्?
डिजिटल अरेस्ट ब्ल्याकमेलिङको एक उन्नत तरिका हो । यस प्रकारको ठगीमा, ठगहरूले झूटो रूपमा आफूलाई प्रहरी अधिकारी वा सरकारी निकायका प्रतिनिधि बताउँछन् । उनीहरू ईमेल वा सन्देश मार्फत जानकारी पठाउँछन् कि तपाईंको डिभाइसमा अवैध गतिविधि पत्ता लागेको छ । त्यसपछि, तपाईंलाई तुरुन्तै एउटा लिंक क्लिक गर्न वा डिभाइस बन्द गर्न भनिन्छ ।
जब पीडितले उक्त लिंक क्लिक गर्छन्, डिभाइसमा मालवेयर इन्स्टल हुन्छ । मालवेयरले व्यक्तिगत डेटा चोरी गर्छ, जसलाई अपराधीहरूले फिरौती माग्न प्रयोग गर्छन् ।
धेरै घटनाहरूमा, साइबर अपराधीहरूले प्रहरी वा सरकारी अधिकारी बनेर मानिसहरूलाई धम्काउने गरेका छन् । पीडितलाई बारम्बार कल वा भिडियो कलमा बस्न बाध्य पारिन्छ । झुठो केसको बहानामा पीडितबाट पैसा ट्रान्सफर गर्न भनिन्छ ।
अपराधीहरूले मनी लन्ड्रिङ, लागू औषध कारोबार वा अन्य गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप लगाउँछन् । जेल पठाउने धम्की दिइन्छ, जसले गर्दा पीडित डराएर पैसा तिर्न वाध्य हुन्छन् ।
डिजिटल अरेस्टबाट जोगिन के गर्ने?
- नचिनेको लिंकहरू क्लिक नगर्नुहोस् ।
- नक्कली ईमेल वा म्यासेज तुरुन्त डिलिट गर्नुहोस् ।
- आफ्नो व्यक्तिगत जानकारी अपरिचित मानिससँग शेयर नगर्नुहोस् ।
- कसैले फोनमा झूटो केस लगाएर पैसा मागेमा, पैसा नपठाउनुहोस् र तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।
- आफ्नो डिभाइस सुरक्षाका लागि बलियो पासवर्ड राख्नुहोस् र टू–फ्याक्टर अथेण्टिकेसन (२एफए) प्रयोग गर्नुहोस् ।
यदि तपाईंलाई यस्तो कुनै शंका लागेमा, तुरुन्त प्रहरी वा साइबर क्राइम हेल्पलाइनसँग सम्पर्क गर्नुहोस् ।