वीरगन्ज । बीपीएस प्लस टु कलेजमा वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत भएको खेलकुद सप्ताहका विजेता /उपविजेताहरुलाई मेडल प्रदान गरिएको छ ।
कलेजले एक कार्यक्रमको आयोजना गरि विभिन्न खेलमा भाग लिई विभिन्न स्थान हासिल गरेका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरेको हो ।
कलेजका प्रधानाध्यापक प्रभात मेहताको अध्यक्ष्तामा आयोजना गरिएको मेडल वितरण कार्यक्रमको प्रमुख अतिथि उधोग विभाग, वीरगन्जकि निमित्त महानिर्देशक रिमा साहले दीप प्रज्वलन गरि उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि साहले लक्ष्य लिएर अगाडि बढ्दा पक्कै पनि सफलता पाउने सुझाएकि थिइन् । उनलेे भनिन्, "मैले आफ्नो आमालाई खेतमा काम गरेको हेरेछु अहिले मेरो छोरीहरू मलाई सरकारी अफिसमा काम गरेको हेर्छन् । परिवर्तन सम्भव छ प्रयास समयमै गर्नु पर्छ ।"
सुरुमा रमाउन खोज्दा पछि दुख पाउन सकिने भएकोले समयमा गर्नुपर्ने काम गरेर आमा बुवाको सपना साकार गर्न आग्रह गरिन् ।
कलेजका शैक्षिक निर्देशक दीपक पटेलले कार्यक्रमको महत्त्व बारे चर्चा गर्दै १२ वटा खेलमा सहभागी भई विभिन्न पदमा विजयी भएका १ सय २१ जनालाई मेडल प्रदान गरिएको जानकारी गराए ।
अंगद यादवले सहजीकरण गरेको सो कार्यक्रममा स्वागत मन्तव्य एचआर निर्देशक सन्दीप कुशवाहा दिएका थिए ।
कलेज परिसरमै आयोजना गरिएको मेडल वितरण कार्यक्रममा राजेश्वर पटेल, विशेष दुवेदी, श्याम पण्डित, सुबोध पाण्डे, आकाश पटेल लगायतको उपस्थिति रहेको थियो ।