वीरगन्ज । वीरगन्ज महानगरपालिका -४ विर्तामा रहेकोे वीरगन्ज नर्सिङ क्याम्पस पछिल्लो समय जिल्ला कै विवादित क्याम्पसको रूपमा बन्दै गएको छ ।
स्ववियु निर्वाचन कै कारण अहिले दिउँसो र रातिमा बाहिरी ब्यक्तिको क्याम्पसमा प्रवेश र चलखेलले नर्सिङ क्याम्पस बदनाम हुन पुगेको छ ।
नर्सिङ क्याम्पसमा गत चैत ५ मा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भइसकेको छ ।
तर निर्वाचनको मतपरिणाम भने निर्वाचन सम्पन्न भएको ६० घन्टा भन्दा बढी समय वितिसक्दा भने सार्वजनिक भएको छैन ।
कुल २७३ मत रहेको क्याम्पसमा स्ववियु निर्वाचनमा २७२ मत मात्र खसेको थियो । अहिलेसम्मको मतपरिणाम अनुसार २२० मतगणना हुँदा अनेरास्ववियुले ८६ मत ल्याएर अगाडि छ भने नेपाल विद्यार्थी संघ ७८ मत ल्याएको छ भने अखिल क्रान्तिकारी ५६ मत पाएको छ ।
अनेरास्ववियुले बाकी रहेकोे मतगणना गरेर मतपरिणाम सार्वजनिक गर्न अडानमा छ भने नेपाल विद्यार्थी संघले
सुरु देखि मतगणना गराउन माग गरिरहेको छ ।
एकपटक पुनः मतगणना गराएर नेपाल विद्यार्थी संघ कै बाहिरी नेताहरुको सहभागीतामा सम्पन्न भइसकेको छ ।
नेकपा माओवादी केन्द्रको कोटाबाट क्याम्पस प्रमुखमा नियुक्त भएकी डा . कल्पना पौडेलले स्ववियु निर्वाचनमा हदसम्म चलखेल गरेको पाएको छ ।
०७९ सम्मको स्ववियु निर्वाचनमा नर्सिङ क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघले निर्वाचनमा भाग लिदै आएका थिए ।
तर उनी आएको बेला देखि क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विद्यार्थी संगठन बनाउन लागेको स्रोतले जनाएको छ ।
उनले यो निर्वाचनमा अखिल क्रान्तिकारीलाई जन्माएर नेपाल विद्यार्थी संघलाई जिताउन सक्रिय भुमिका खेलेकी छन ।
विद्यार्थीहरुका अनुसार अखिल क्रान्तिकारी नै नभएको नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघमा आबद्ध हुन लागेका विद्यार्थीलाई आफ्नो पार्टीमा ल्याएर उम्मेदवार बनाएको अवस्था छ ।
उनको यो निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुलाई हराउनलाई जून सुकै कदम चाल्ने पनि आफ्नो पार्टीका नेता र कार्यकर्तालाई बताउने गरेकी छन ।
अहिले उनी रातीको समयमा कहिले नेपाली काङ्ग्रेसलाई त कहिले अखिल क्रान्तिकारीका विद्यार्थी नेतालाई भेट्नलाई क्याम्पस मै बोलाउने गरेको तथ्य उजागर भएको छ ।
अब कुरा गरौं प्रशासन प्रमुख सुरेन्द्र कुमार ओझाको । ओझा नेपाली काङ्ग्रेसका कार्यकर्ता नै हुन । उनी क्याम्पसमा काङ्ग्रेस र नेपाल विद्यार्थी संघ बाहेक अरुको कुरा गर्न चाहदैनन् ।
गत ०७९ को स्ववियु निर्वाचनमा मात्र होइन यहीँ निर्वाचनमा उनलेे नेपाल विद्यार्थी संघलाई जिताउन सुरु देखि सक्रिय भएर लागेका छन ।
जागिरको उतरार्थमा रहेका ओझा नेपाली विद्यार्थी संघलाई जिताउन आफू लागेको काङ्ग्रेसका नेतालाई बताउने गरेका छन ।
यो घटना भने नर्सिङ क्याम्पसमा पहिलो पटक भने होइन । यसअघि २०७९ सालको स्ववियु निर्वाचनमा पनि विवाद भएको थियो ।
यसअघि कि क्याम्पस प्रमुख जमुना भट्टराईले निश्पक्ष रूपमा निर्वाचन गराएपछि उनी विरुद्ध नै क्याम्पसका सुरेन्द्र ओझा , सबिना अधिकारी , रोमिना श्रेष्ठ सहितका कर्मचारीहरु आन्दोलन नै गरेका थिए ।
तत्कालीन समयमा भट्टराईलाई सरुवा गराएर रोमिना क्याम्पस प्रमुख बन्ने दाउमा थिइन् । तर रोमिनाको स्वार्थ पूरा भएन तत्कालीन क्याम्पस प्रमुख भट्टराईलाई सरुवा गराएर रोमिनाको पनि सरुवा भएको हो ।
नर्सिङ क्याम्पसमा कार्यरत नेपाली काङ्ग्रेसमा आबद्ध कर्मचारीहरुको स्वार्थ पुर्ती हुदैन भने योजना बनाएर बिपक्षीलाई आक्रमण गर्ने गरेका छन ।