वीरगन्ज । वीरगन्ज नर्सिङ्ग क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को उपाध्यक्षमा रागिनी यादव र सहसचिवमा बिमला लामा तामाङ्ग निर्वाचित भएका छन ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) का सभापति आर्जु रायको अध्यक्ष्तामा मंगलबार बसेको बैठकले अनेरास्ववियुको तर्फबाट उपाध्यक्षमा यादव र सहसचिवमा तामाङ्गलाई निर्वाचित गर्न सर्वसम्मत सिफारिस गरेपछि उनीहरु निर्वाचित भएका हुन ।
गत चैत ५ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट समान्ुपातिक सदस्यमा यादव र तामाङ्ग निर्वाचित भएका थिए ।
यो संगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को पदाधिकारीमा ५ जना र १० जना सदस्य गरी १० सदस्यीय कार्यसमितिले पुर्णता पाईसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को बैठकको निर्णयमा उल्लेख छ ।
७ वटा समानुपातिक सदस्य मध्ये समानुपातिक मतको आधारमा सदस्य अनेरास्ववियुको तर्फबाट ३ जना , नेबिसंघबाट २ जना र अखिल क्रान्तिकारीको तर्फबाट २ जना निर्वाचित भएका थिए ।
क्याम्पसमा बसेको बैठकमा प्रत्यक्षबाट निर्वाचित अध्यक्ष , सचिव र कोषाध्यक्ष सहित ८ जना र समानुपातिक ७ जना गरी १५ सदस्यीय बैठक बसेर बहुमतका साथमा अनेरास्ववियुका तर्फबाट निर्वाचित समानुपातिक यादव र तामाङ्गलाई पदाधिकारीमा सिफारिस गरीएको हो ।
बैठकमा अनेरास्ववियुका ईकाई कमिटि अध्यक्ष मालती बस्नेत , अखिल क्रान्तिकारीको संयोजक कबिता आचार्य र नेपाल विद्यार्थी संघ कि सविता कुमारी सुनार सहभागी थिए ।
गत शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी उम्मेदवार आर्जु राय निर्वाचित भईन । रायले १०३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी दियान्सु श्रेष्ठले ९५ मत प्राप्त गरिन् ।
यस्तै, अखिल क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार कविता आचार्यले भने ७२ मत प्राप्त गरिन् । यस्तै, सचिवमा नेविसंघकी मन्दिरा चिमोरिया विजयी भएकी छन् । चिमोरिया १०४ मत ल्याएर विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी शीलाकुमारी चौहानले ९६ मत प्राप्त गरिन् भने अखिल क्रान्तिकारीकी सचिवकी उम्मेदवार सरस्वती श्रेष्ठले ६६ मत प्राप्त गरिन् । कोषाध्यक्षमा अनेरास्ववियुकी आसिका पौड्याल ११५ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेविसंघकी रमिताकुमारी साहले ८५ मत पाइन् । अखिल क्रान्तिकारीका तर्फबाट कोषाध्यक्षकी उम्मेदवार अन्जु सुनारले भने ६९ मत मात्रै पाइन् ।
यस्तै, प्रत्यक्षतर्फका पाँच सदस्यमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फका सदस्यहरूमा अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् ।
वीरगन्ज नर्सिङ क्याम्पसमा गत मंगलबार भएको निर्वाचनमा कुल २७३ मतमध्ये २७२ मत खसेको थियो ।