प्रविधिको विकासले मानिसको कामलाई सहज बनाएको छ । हामी आफ्नो दैनिक कामहरूलाई सजिलो र प्रभावकारी बनाउन विभिन्न तरिकाहरू पनि खोजिमै हुन्छौं ।
इन्टरनेटमा केही अद्भुत टुल्स र वेबसाइटहरू उपलब्ध छन्, जसले तपाईंको जीवनलाई धेरै सरल बनाउन सक्छन् ।
आज हामी केही उपयोगी वेबसाइटहरूको बारेमा चर्चा गर्नेछौँ, जसले तपाईंको काममा निकै मद्दत गर्न सक्छ!
१.टेम्पोलर – टेम्पररी इमेल सेवा
टेम्पोलर एउटा यस्तो वेबसाइट हो, जहाँ तपाईं अस्थायी इमेल एड्रेस बनाउन सक्नुहुन्छ । कहिलेकाहीँ तपाईंलाई कुनै अनलाइन सेवा वा वेबसाइटमा रजिस्टर गर्नु पर्ने हुन्छ, तर आफ्नो व्यक्तिगत इमेल शेयर गर्न मन लाग्दैन् ।
यस्तो अवस्थामा टेम्पोलर तपाईंलाई टेम्पररी इमेल बनाउने सुविधा दिन्छ, जसलाई तपाईं अनलाइन साइनअप वा भेरिफिकेसन गर्न प्रयोग गर्न सक्नुहुन्छ । काम सकिएपछि, इमेल मेटाउन सकिन्छ ।
विशेषताहरू
✔ निःशुल्क प्रयोग गर्न सकिने
✔ छिटो र सजिलो
✔ गुमनाम साइन–अप (ब्लयलथmयगक कष्नल–गउक)
२.साउण्ड ड्र डट आईओ – एआईमार्फत संगीत बनाउनुहोस्
यदि तपाईंलाई संगीत बनाउन मन पर्छ, भने साउण्ड ड्र डट आईओ तपाईंका लागि उत्कृष्ट टुल हुन सक्छ । यो एआई–आधारित प्लेटफर्म हो, जसले तपाईंलाई सिर्जनात्मक संगीत बनाउने मौका दिन्छ ।
तपाईं केही आधारभूत इनपुटहरू दिएर आफ्नो अनौठो संगीत ट्र्याक बनाउने सक्नुहुन्छ । नयाँ संगीत सिक्न चाहनेहरूदेखि लिएर अनुभवी संगीतकारहरू सम्मका लागि उपयोगी टुल हो ।
विशेषताहरू
✔ एआई–जनरेटेड संगीत
✔ प्रयोग गर्न सजिलो इन्टरफेस
✔ धेरै प्रकारका संगीत विधाहरू
३.पीडीएफ इस्केप– निःशुल्क पीडीएफ एडिट गर्ने टुल
कहिलेकाहीँ तपाईंलाई कुनै पीडीएफ फाइल सम्पादन (एडिट) गर्नु पर्ने हुन्छ? पीडीएफ इस्केप एउटा निःशुल्क टुल हो, जसले तपाईंलाई पीडीएफ फाइलहरू सम्पादन, फर्म भर्न, टेक्स्ट थप्न, तथा तस्बिरहरू सम्म समावेश गर्न मद्दत गर्छ । यदि तपाईंलाई पेड सफ्टवेयर छैन, भने यो उत्तम विकल्प हुन सक्छ ।
विशेषताहरूः
✔ निःशुल्क पीडीएफ सम्पादन टुल
✔ फर्म भर्न र टेक्स्ट थप्न सकिने
✔ कुनै सफ्टवेयर डाउनलोड गर्नु नपर्ने
४. टाइनी वाऊ – ठूलो फाइलहरू सजिलै कंप्रेस गर्नुहोस्
यदि तपाईंलाई ठूलो फाइलहरू कंप्रेस गर्नु पर्यो भने, टाइनी वाऊ राम्रो विकल्प हुन सक्छ । यस टुलले ठूला पीडीएफ फाइल, तस्बिर, र कागजातहरू सजिलै क्वालिटी नबिगारी कंप्रेस गर्न मद्दत गर्छ । यसको प्रयोगले फाइलहरू सजिलै शेयर गर्न तथा समय बचत गर्न सकिन्छ ।
विशेषताहरू
✔ पीडीएफ, तस्बिर, र कागजातहरू कंप्रेस गर्ने सुविधा
✔ निःशुल्क र प्रयोग गर्न सजिलो
✔ दर्ता गर्न नपर्ने
५. पीडीएफ ड्राइभ– निःशुल्क पीडीएफ डाउनलोड
यदि तपाईंलाई ई–बुकहरू वा पीडीएफ डाउनलोड गर्न मन पर्छ, भने पीडीएफ ड्राइभ उत्कृष्ट स्रोत हो । यहाँ तपाईं हजारौँ निःशुल्क ई–बुकहरू डाउनलोड गर्न सक्नुहुन्छ, जुन तपाईंको मोबाइल वा पीसी मा सजिलै पढ्न सकिन्छ । यदि तपाईं पढ्न मन पराउने व्यक्ति हुनुहुन्छ तर बजेट सीमित छ, भने यो वेबसाइट अवश्य चेक गर्नुहोस् ।
विशेषताहरू
✔ निःशुल्क पीडीएफ डाउनलोड
✔ विशाल पुस्तकालय
✔ सजिलो खोजी विकल्प
६. टेम्प–मेल – टेम्पररी इमेल एड्रेस बनाउने टुल
टेम्प–मेल पनि टेम्पोलर जस्तै अस्थायी इमेल सेवा हो, जसले तपाईंलाई स्प्यामबाट बच्न मद्दत गर्छ । यदि तपाईं कुनै वेबसाइटमा साइन अप गर्दा आफ्नो वास्तविक इमेल दिन चाहनुहुन्न, भने टेम्प–मेलबाट नयाँ टेम्पररी इमेल प्राप्त गर्न सक्नुहुन्छ ।
विशेषताहरूः
✔ निःशुल्क र गुमनाम इमेल सेवा
✔ तुरुन्तै इमेल जनरेट हुने
✔ गोपनीयता सुरक्षित राख्ने
७. नेमलिक्स – राम्रो व्यवसायिक नाम उत्पन्न गर्ने टुल
यदि तपाईं आफ्नो व्यवसायको लागि राम्रो, क्याची नाम खोज्दै हुनुहुन्छ, भने नेमलिक्स तपाईंका लागि सही विकल्प हो ।
यो एआई–आधारित टुल हो, जसले तपाईंलाई रचनात्मक र आकर्षक व्यवसायिक नामहरू सुझाव दिन्छ । तपाईंले केवल केही महत्वपूर्ण शब्दहरू (कीवर्ड) प्रविष्ट गर्नुपर्नेछ, र यस टुलले तपाईंलाई विभिन्न नाम सुझावहरू दिनेछ ।
विशेषताहरूः
✔ एआई–जनरेटेड व्यवसायिक नामहरू
✔ थुप्रै नाम सुझावहरू प्राप्त गर्न सकिने
✔ मनपर्ने नाम छान्न तथा परिमार्जन गर्न सकिने
८. मिक्सकिट– निःशुल्क स्टक भिडियो र संगीत
मिक्सकिट एउटा निःशुल्क स्रोत हो, जहाँ तपाईंले उच्च–गुणस्तरको स्टक भिडियोहरू तथा संगीत ट्र्याकहरू प्राप्त गर्न सक्नुहुन्छ ।
यदि तपाईं कन्टेन्ट क्रिएटर हुनुहुन्छ र फ्री स्टक रिसोर्स खोज्दै हुनुहुन्छ, भने मिक्सकिट तपाईंका लागि उत्तम विकल्प हुन सक्छ । यहाँ रहेका भिडियो तथा संगीतहरू निःशुल्क डाउनलोड गर्न सकिन्छ, जुन तपाईंका प्रोजेक्टहरूमा बिना कुनै कपीराइट समस्याहरू प्रयोग गर्न सक्नुहुन्छ ।
विशेषताहरू
✔ निःशुल्क स्टक भिडियो र संगीत
✔ उच्च–गुणस्तरका सामग्रीहरू
✔ कुनै क्रेडिट वा एट्रिब्युसन आवश्यक नपर्ने
यी उपयोगी वेबसाइटहरू र टुलहरू तपाईंलाई आफ्नो दैनिक कामहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्छन् ।
चाहे तपाईंलाई टेम्पररी इमेल चाहिएको होस्, संगीत सिर्जना गर्नुपरेको होस्, पीडीएफ सम्पादन गर्नुपरेको होस्, वा ठूलो फाइलहरू कंप्रेस गर्नुपरेको होस्, यी टुलहरू तपाईंको समय बचत गर्न मद्दत गर्छन् ।
अर्को पटक जब तपाईंलाई यी टुलहरू आवश्यक पर्छ, तपाईंलाई खोज्न समय खर्च गर्नु पर्दैन! यी वेबसाइटहरू आजै परीक्षण गर्नुहोस्, तपाईंलाई अवश्य फाइदा हुनेछ ।