पर्सा । ४७ औ नेत्र ज्योति दिवसको अवसरमा "हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी" नाराका साथ पर्सा जिल्लाले आज जिल्ला प्रहरी कार्यालयमा निशुल्क आँखा परिक्षण शिविरको आयोजना गरेको थियो ।
शिविर नेपाल नेत्र ज्योति सघ पर्साका सभापति भगवती चौधरीको सभापतित्वमा भएको हो भने प्रमुख अतिथी केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, बिशिस्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्रले आफ्नो आँखा परिक्षण गराएर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।
प्रहरी उपरीक्षक मिश्रले आयोजक संस्थालाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्नु भएको साथै ग्रामिण तर्फ पनि कार्यक्रमको आयोजना गरेर त्यहाका राष्ट्र सेवक प्रहरीलाई सेवा पुर्याउनको लागि अनुरोध गरेका छन ।
कार्यक्रमको सम्बोधन गर्दै प्रहरीले दिनरात जनताको सेवामा लागेको, ट्राफिक, बिपद उद्दार, सुरक्षा लगातका सबै क्रियाकलापमा प्रहरी अग्रपंक्तिमा रहेर सेवा गर्दै आएकोमा वहाहरुको आखाको परिक्षणको त जिम्मेवारी हामिले लिएर सेवा पुर्याउ भन्ने उद्देश्यले हामी एकजुट भएका छौं भन्ने कुरा सभापति भगवती चौधरीले मन्तव्य दिनु भयो ।
कार्यक्रममा विभिन्न शाखाका प्रहरी लगायत हिरासतमा रहेका ३२ जना कैदिहरु र प्रहरिमा ८ महिला पुरुष १२८ गरि १६८ जनालाई आँखा परिक्षण शिविरबाट लाभान्वित गराइएको थियो । कार्यक्रममा मधेस प्रदेसका उपाध्यक्ष उमेस गुप्ता, निवर्तमान सभापति मधु राणा, सचीव सिताराम उपाध्याय, गणेश प्रसाद साह, वसन्त गुप्ता, समिता उत्तम कर्ण, सुनिता नेपाल, दिना गुप्ता, केडिया आँखा अस्पतालका डाइरेक्टर नितिन तुल्स्यान, प्रशासन प्रमुख प्रकाश वर्मा लगायत, मानवसेवाका देवेस गुप्ता, ॐ झा, बिक्की सरार्फ, सुरज सरार्फ लगायतको उपस्थिति रहेको थियो भने अन्जली चौधरी र सचिन कुमार गुप्ताले प्राबिधिक सहयोग गर्नुका साथै आँखा सम्बन्धि परामर्श गर्नुका साथै रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पतालद्वारा चस्मा, आखा सम्बन्धि औषधि समेत बितरण गरिएको कुरा नेत्रज्योति पर्साका जिल्ला कार्यसमिती सदस्य राजन श्रीवास्तवले जानकारी गराएका छन ।