वीरगन्ज । रोयल एकाडेमी स्कूलमा अध्ययनरत यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम शनिबार सम्पन्न भएको छ। शनिबार स्कूलको आफ्नै प्राङ्गणमा विशेष कार्यक्रमगरी विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी स्कूलका सञ्चालक ओमप्रकाश श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रमुख अतिथी श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीहरूको खुलेर प्रशंसा गरेका थिए ।
उनले हाम्रा युकेजीका विद्यार्थीहरू एउटा बाल्यकालको महत्वपूर्ण युग पारगरी शिक्षाको क्षेत्रमा आफ्नो जड बलियो बनाएको बताए । उनले आजको दिन साच्चिकै हाम्रा विद्यार्थी, अभिभावक र शिक्षक ज्यूहरुको लागि पनि स्मरणीय रहेको बताए ।
उनले भने हामीले पिजी देखि लिएर युकेजीका विद्यार्थीहरुलाई शिक्षाको साथ साथै अनुशासन, मनोरञ्जन, खेलकुद, स्वास्थ्य र उनीहरूको रुचिको विषयलाई समेत धन्यानमा राखेर अघि बढेको बताए । साथै उनले विद्यार्थीहरुलाई स्वतन्त्र रूपमा राखेर पाठन पाठन गराउनु पर्ने र हामी यस्तै गर्दै आइरहेको बताए ।
कार्यक्रममा स्कुलकी मैनेजिङ डाइरेक्टर सबनम श्रेष्ठले साना विद्यार्थीहरु पढाइमा अब्बलको साथ साथै अतिरिक्त क्रियाकलापहरुमा समेत धेरै राम्रा रहेको बताइन् । उनले स्कूल विद्यार्थीहरूको दोस्रो घर रहेको बताउँदै यस रोयल एकाडेमीको घरमा हाम्रा विद्यार्थीहरु सुरक्षित रहेको बताइन् । उनले भनिन् ु जुन हिसाबले हाम्रा विद्यार्थीहरु अगाडि बढ्दै छन यो आउने दिनमा हाम्रा लागि ठुुलो उपलब्धि हुनेछ उनले भनिन ।
स्कुलकी फाउन्डर र प्रधानाध्यापक विजया ओझैयाले आजको यस दिनलाई स्मरणीय बनाईदिनु भएकोमा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका लगायत सबैलाई धन्यबाद दिईन् । साथै उनले आज यूकेजी विद्यार्थीहरूको दीक्षान्त समारोहको आयोजन गर्न पाउँदा आफूहरुलाई निक्कै गर्भ महसुस भइरहेको बताईन ।
उनले हाम्रा साना विद्यार्थीहरु भाई बहिनीहरू यस स्कूलका गहना भएको बताईन् । उनले भनिन् उनीहरूको शिक्षा क्षेत्रमा एउटा सानो अध्याय समाप्त भएर अब अगाडिको शिक्षा आजदेखि सुरु हुँदै छ। अगामी समय पनि उनीहरूको शिक्षासँगै हरेक कुराहरू पूरा हुँदै जाओस् मेरो शुभकामना छ।
कार्यक्रममा विद्यार्थीहरुले सन्देशमुलक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । साथै अभिभावकलाई पनि कार्यक्रममा समावेश गराएर कार्यक्रमलाई विशेष बनाईएको थियो । कार्यक्रममा अभिभावकहरुले खुशी व्यक्त गर्दै स्कूलले हाम्रा नानीबाबुहरुको लागि महत्वपूर्ण कार्यक्रमको आयोजना गरिदिएकोमा धन्यबाद दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य स्कूलका सह ( प्रधानाध्यापक सुमन श्रेष्ठले गरेका थिए भने सञ्चालन स्कूलका शिक्षक सोनु दासले गरेका थिए ।