काठमाडौं । शुक्रबार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा तोडफोड र फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
जरिबानाको पत्र लिएर महानगरको टोली आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मल निवास पुगेको थियो । तर, पूर्वराजाले शाहको पत्र बुझ्न अस्वीकार गरेका छन् ।
पूर्वराजाका समर्थकले शुक्रबारको प्रदर्शनमा ज्ञानेन्द्रलाई जोड्नु महानगरका मेयर बालेन साहको स्टन्ट भएको आरोप लगाएका छन्
जनताको आन्दोलनमा पूर्वराजाको नाम जोडेको भन्दै समर्थकले जरिबाना रकम संकलनका लागि अभियान नै सञ्चालन गरिरहेका छन् ।
पोर्चुगलमा बसेर राजावादीलाई समर्थन गर्दै आएका रमेशराज बास्तोलाले रकम संकलनका लागि अभियान सुरु गरेका थिए ।
लौ म ५० हजार दिन तयार छु, अरू को हुनुहुन्छ, सबै मिलेर तिरौं’ भन्दै सुरु गरेको अभियानमा ६ लाख ८२ हजार उठेको छ । अब १ लाख ११ हजार उठ्न बाँकी रहेको बास्तोलाले जनाएका छन् ।
बास्तोला तिनै हुन् जसलाई राजावादी प्रदर्शनको समर्थन गरेको भन्दै सरकारले पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक पदबाट हटाइएको थियो ।
बास्तोलाले ७ लाख ९३ हजार उठेपछि अभियान बन्द गरिने भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो अधिकारको प्रयोग गर्दै जरिबाना तोकेको भए पनि पूर्वराजाको नाममा जरिबाना काट्न भने नसुहाउने उल्लेख गरेका छन् ।
पूर्वराजाले १५ गतेको आन्दोलनमा तिमीहरुले आन्दोलन गर, तिमी कमान्डर, तिमी संयोजक भनेर नतोकेकाले जरिबाना उनलाई लगाउन नमिल्ने उनको तर्क छ ।
आन्दोलन राष्ट्रवादी नागरिकको भएकोले पैसा पनि राष्ट्रवादी नागरिकले तिर्ने उनको भनाइ छ ।