वीरगन्ज । माया किताबको बिमोचन एक कार्यक्रम बिच सम्पन्न गरिएको छ। आज वीरंगज महानगरपालिकाको सभाहलमा गरिएको उक्त कार्यक्रममा प्रिया मिश्रा द्वारा लिखित "माया" किताबको बिमोचन गरिएको छ।
जेंवनाका संरक्षक राकेश यादव मितवाको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीको विशिष्ट आतिथ्यमा वरिष्ठ साहित्यकार एवम व्यवसायी गणेश लाठ ,भोलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तव र अतिथिहरूमा नेपाल भोजपुरी समाजका अशोक कुश्वाहा, नेपाली कांग्रेसका जिल्ला सदस्य धर्मेन्द्र पटेल, युवा नेता शेष हजरा, अनिल पटेल रहनु भएको थियो ।
शुभकामना मन्तव्य राख्दै युवा संचारकर्मी जय यादवले पहिलानै किताबको काम सकिएको तर कोभिड १९ ले गर्दा बिमोचन गर्न समस्या भएको पनी आज त्यो शुभ साईत आयो र बिमोचन हुदैछ अब भने नँया कुरा पढ्न पाउने बताउनु भयो ।
प्रमुख अतिथि सरावगीले मन्तव्य राख्दै यस्तो सानो उमेरमा किताब लेखन सकिन्छ भनेर मान्न सक्ने अवस्था नभएपनी लेखिकाको आफ्नो भाषा प्रतीको लगाव र विगतको मिहनेत यस किताबमा झल्किने बताउदै सराह्णा गर्नु भयो ।
तराई मधेश लगायत बिभिन्न ठाउँमा छोरी चेली संग गरिने व्यवहार र तिनहरूलाई सदैव हेपेर राख्न खोज्ने लगायतका बिभिन्न पिडाहरू समेटेर यर्थात घटनामा लेखिको लेखिका मिश्रा बताउनुभयो ।
कोभिड १९ को तेस्रो लहरलाई ध्यानमा राखी थोरै व्यक्ति को उपस्थितिमा गरिको बिमोचन कार्यक्रमबारे सामाजिक संजाल मार्फत प्रचार प्रसार गर्न संरक्षक यादवले सबैमा अनुरोध गर्दै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो कार्यक्रम संचालन श्याम सर्राफले गर्नुभएको थियो ।