वीरगंज । समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रमुख जिल्ला अधिकारीको प्रमुख आथितित्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा आज तपाइको माक्स खोइ कार्यक्रम अन्तर्गत निशुल्क माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना भाइरस संक्रमणको तेश्रो लहर सुरु भए संगै यसबाट आफू बाँच्न र अरूलाई पनि बचाउनको लागि आवश्यक स्वास्थ्य मापदण्डको पालना गरी सबैले अनिवार्य माक्स प्रयोग गर्नु र गराउनु भने उदेश्यका साथ नेपाल प्रहरी , सस्त्र प्रहरी बल , नेपाली सेना , ट्राफिक प्रहरी , समाज परिवर्तन नेपाल संस्था , वीरगन्ज व्यवस्थित अभियानको संयुक्त टोलीले विरगंजको घण्टाघर देखि माइस्थान चौक सम्म रैली गरी बाटोमा हिँडेका बटुवाहरु र बाटो वरपर भएका पसल सञ्चालक तथा ग्राहकहरुलाई निशुल्क माक्स वितरण गरिएको छ।
कार्यक्रम अन्तर्गत अनिवार्य माक्स लगाउने र कोरोना भाइरसबाट बाँच्नका लागि जनचेतनामूलक कार्यक्रम गरी भोलि देखि माक्स नलगाउने मानिसलाई कारवाही समेत गरिने प्रहरीले जनाएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे , प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे , नेपाली सेना प्रमुख , सशस्त्र प्रहरी बल प्रहरी उपरिक्षक राजेन्द्र खड्का , महानगरकी उपप्रमुख शान्ति कार्की , ट्राफिरक प्रहरी प्रमुख सुमन कार्की , प्रहरी निरिक्षक दीनेश गौतम , किरण कार्की , समाज परिवर्तन नेपालका अकलेश साह , वीरगन्ज व्यवस्थित अभियानका दिलीपराज कार्की , राजन शाह लगायतको उपस्थिति रहेको थियो।