वीरगंज । पर्सा जिल्लामा सतारुढ दल नेपाली काङ्ग्रेसले कोरोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पार्टीगत भेला गर्न थालिएको पाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले तेस्रो चरणको कोरोना भाइरस संक्रमण भित्रीने जोखिम रहेको भन्दै २५ जना भन्दा बढी भएका कुनै पनि पार्टीगत भेला , गोष्ठी , सेमिनार जस्ता कार्यक्रमलाई संचालन गर्न रोक लगाए पनि सतारुढ दलले २ ठाउँमा बैैैठक गरी जिल्ला प्रशासन कार्यालय पर्साको आदेशको खिल्ली उडाएको छ ।
सतारुढ नेपाली काङ्ग्रेस पर्साले यसको वेवास्ता गर्दै बुधबार पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ बेलवा र पर्सागढी नगरपालिका १ स्थित कोईलाभार माईको मन्दिरको प्राङ्गणमा भेला गरेको तस्बिर सार्वजनिक भएको छ ।
बेलावामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र न ३ का उपाध्यक्ष पारस साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने कोइलाभारमा नेपाली काङ्ग्रेस पर्साको क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापती महमद लुकमान अन्सारीको अध्यक्षतामा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन हुन लागेको बिषय लिएर छलफल भएको छ ।
बेलवाको कार्यक्रममा पुर्व जिविस सभापति जनार्दन सिह क्षेत्री, जिल्ला सदस्य दिनेश चौधरी, ममता महतो, श्रीकिसुन चौधरी लगायत १५ सय अगुवा कार्यकर्ताहरूको उपस्थिती रहेको थियाे । कार्यक्रमको सहजीकरण पार्टिका जिल्ला सदस्य शैलेन्द्र यादवले गरेका थिए । कोइलाभारको कार्यक्रमा प्रदेश (क) उमेदवार चन्द्रकिशोर महतो थारु, प्रदेश (क) सभापती सुलिमान मिया दर्जी, महासमिती सदस्य रामेश्वर रौनियार, महासमिति सदस्य रामजन्म चौधरी, महासमिति सदस्य प्रेमलाल चौधरी, जिल्ला समिति सचिव श्याम पटेल, जिल्ला समिति सदस्य भगवत चौधरी सहित अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेसमा गुट, उपगुट र केही अन्तरघातीको कारण ग्रामीण भेगको पाटी कार्यकर्तामा अशान्ति तथा घात हुने सम्भावना देखिएको वक्ताहरूले बताए । कार्यकर्ताकाे मनाेबल उच्च बनाउन पहल गर्दै एक ढिक्का भएर अगाडि बढने वक्ताहरूकाे सुझाव रहेकाे थियाेे ।