पर्सा । नयाँ नेतृत्व चयन गर्नेगरी नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४औं जिल्ला अधिवेशन सदरमुकाम वीरगन्जमा सुरु भएको छ। उक्त अधिवेशनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले उद्घाटन गरेका हुन्।
अधिवेशनका क्रममा संगठनका जिल्ला अध्यक्ष शिवनाथ चौधरी सहित पूर्व जिल्ला अध्यक्ष र संगठनको श्रीवृद्धिका लागि काम गर्ने अगुवाहरुलाइ दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको संगठनका जिल्ला उपाध्यक्ष इन्द्रदेव कुर्मीले जानकारी दिए ।
यसरी सम्मानित हुनेमा वर्तमान अध्यक्ष चौधरी ,लक्षमण उपाध्याय पोखरेल , दीनानाथ रौनियार , मनोज कुशवाहा , लक्षमण खवास , दीपक रेग्मी , निरमाया आले , कमला ओझैया , कृष्ण मुरारी , विनोद लाल कर्ण , कृष्णा प्रसाद पौडेल , केशव प्रसाद रेग्मी ,विनोद गिरी ,मुख्देव प्रसाद ,प्रमोद तिवारी सहित रहेका छन्।
कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल , नेकपा एमालेका मधेस प्रदेश कमिटी उपाध्यक्ष विचारी यादव , केन्द्रिय सल्हाकार समिति सदस्य जालिम मिया , नेकपा एमालेका मधेस सदस्य कमिटी सदस्य विजय चौरसिया , सलाउदिन अहमद , मोहमद निजाम , एमाले नेता प्रहलाद गिरी , निजामती कर्मचारी संगठन पर्सा अध्यक्ष सुनिल रौनियार , पर्सागढी नगरपालिका नगर प्रमुख गोरण पाठक , ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मी , पोखरीया नगरपालिका उपमेयर रुबी ठाकुर लगायत अगुवाहरुको उपस्थिति रहेको थियो।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। अध्यक्षका लागि वर्तमान अध्यक्ष शिवनाथ चौधरी र इन्द्रदेव कुर्मी आकाँक्षी देखिएका छन्। १३औं जिल्ला अधिवेशनमा इन्द्रदेव कुर्मी उपाध्यक्ष भएका थिए ।