पर्सा । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल वीरगन्ज महानगर कमिटीको दोश्रो अधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ ।
आज बसेको बैठकले महानगर कमिटीका उपाध्यक्ष अमीर खानको संयोजकमा वीरगन्ज महानगरको दोश्रो अधिवेशनका लागि १५ सदस्यिय आयोजक कमिटी गठन गरेको छ ।
आयोजक कमिटीमा सह संयोजक अब्दुल अहमद , सचिव राजन कुमार कुर्मी , सदस्य सोनु पटेल , सुषमा श्रेष्ठ , आफताब अमी , वाहिल खुर्सैद चौहान , गणेश तिवारी ,जयलाल ठाकुर , शारुख अलि लगायतका रहेका छन् ।
साथै उक्त बैठकले राष्ट्रिय युवा संघ नेपाल पर्साको ८औं जिल्ला अधिवेशनमा महानगर कमिटीका अध्यक्ष दीपक पटेल र सचिव मुकेश यादव जिल्ला कमिटीको उपाध्यक्षमा दीपक पटेल र कोषाध्यक्षमा मुकेश यादव निर्वाचित भएकोमा शुभकामना तथा बधाई दिने समेत निर्णय गरेको छ ।
उक्त बैठकमा नेकपा एमाले मधेस प्रदेश कमिटी उपाध्यक्ष विचारी यादव , राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य मोहमद निजाम , नेकपा एमालेका वीरगन्ज महानगर कमिटी अध्यक्ष राजेन्द्र यादव , सचिव सुन्दर कुर्मी , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला इन्चार्ज रवि गुप्ता , पर्सा जिल्ला कमिटी लेखा अध्यक्ष शिवजी गुप्ता ,राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष सुवास गुप्ता , उपाध्यक्ष दीपक पटेल , सचिव राकेश महत्तो , सह सचिव मोहन बर्नवाल , कोषाध्यक्ष मुकेश यादव लगायतको उपस्थिति रहेको थियो ।