वीरगन्ज । पर्सा जिल्लाको बिरगंज स्थित बस पार्कबाट प्रभु होस्पिटल जाने बाटोमा संचालन गरिएको बि. एण्ड बि. ले बेचे पछि तीन वटा नामले संचालन गरेको देखिएको छ ।
राज पार्टी प्यालेस एण्ड बार , जय होटेल र चौधरी क्याफे एण्ड बार गरि तीन वटा नामको बोर्ड झुन्डिएको देख्दा कर छल्नको लागि गरिएको हुन सक्ने देखिएको हो ।
करिब एक बर्ष अगाडि जय होटेलको नामले नेपाली काङ्ग्रेसका नेता अजय दुवेदीले धुमधामका साथ उद्घाटन गर्नु भएको थियो । तर कुन नामले दर्ता गराइएको हो ? दर्ता भएको पनि छ कि छैन नेता दुवेदीलाई पनि थाहा नहुन सक्ने अनुमान सजिलै गर्न सकिन्छ ।
यसरी अग्रज एवम् समाजसेवीहरु सङ्ग कुनै पनि संघ संस्था उद्घाटन गर्न लगाउदा संचालकले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता प्रक्रिया पूरा गरि मात्रै बोलाउनु पर्ने हो तर नाम नै बदनाम हुने गरि तीन वटा संस्थाको बोर्ड राखी उद्घाटनमा बोलाउनु उचित नरहेको देखिन्छ ।
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ बेलवा गाउँमा बस्ने रनबिर अधिकारीले राज पार्टी प्यालेस नामले संचालनमा ल्याएको छ भने चौधरी क्याफे र जय होटेल उनको काका गोबिन्द्र अधिकारी र मामाले संचालनमा ल्याएको हुन सक्ने काम गर्ने स्टाफहरु बताउछन् ।
त्यस भवनमा संचालनमा ल्याएको होटेलले यौन धन्दा र जुवा तास खेलाई रहेको समाचार विभिन्न सन्चार एवम् पत्रपत्रिकामा प्रकाशित भइसकेको छ ।
आन्तरिक राजस्व कार्यालय पर्सा, वीरगन्ज महानगरपालिका, होटेल व्यावसायि संघ लगायत पर्साका प्रशासन पनि यस बिषयमा अनभिज्ञ रहेको बुझिएको छ । दर्ता र लाइसेन्स लगायतको कागजात चुस्त र दुरुस्त रहेको नरहेको काम सम्बन्धित निकायको रहेकोले अनुगम टोलिको पनि मिलोन्मतो हुन सक्ने जानकारहरुको भनाई रहेको छ ।
होटेल लज व्यबसाय गर्न कम्पनी रजिस्टार कार्यालय काठमाडौंमा दर्ता गराई सम्बन्धित जिल्लामा रहेको घरेलु उद्योग र पालिका तथा वडामा दर्ता गराई मात्रै संचालनमा ल्याउने प्रकृया रहेको छ । भुलचुकले संचालनमा ल्याए पनि ३ महिना अवधिको भित्रमा सम्पुर्ण प्रकृया पूरा गर्न समेत मौका दिइएको हुन्छ तर बर्षौ बित्दा पनि प्रकृया पूरा नगरेको ती संचालकहरु माथी आरोप रहेको छ।