कलैया / बिहीबार विहान परेको पानीले कलैया उपमहानगरपालिका स्थित मानवत मटिअर्वा सडक खण्ड हिलाम्मे बनेपछि सवारी साधनलाई आवत जावत गर्न कठिनाई भएको छ।
पानीले संस्कार एफ. एम. देखि भरत चोक सम्मको डेढ किलो मिटर बाटो हिलाम्मे बनेपछि सवारी साधनलाई आवत जावत गर्न समस्या भएको हो।
एफ.एम. देखि भरत चोक सम्म कालोपत्रे गर्न बांकी अधुरो सडकमा वर्षा र नालाको पानी समेत जमेर पैदल आवत जावत गर्न समेत समस्या भएको कलैया उपमहानगरपालिका वडा नम्बर १ का हरिओम साहले बताएका छन्।
वर्षा र नालाको पानी जमेर उक्त सडक खण्डको देवकोटा चोक लगायत ठाँउ ठाँउमा सानो पोखरी बनेको साह बताउँछन।
उक्त सडक हिलाम्मे बनेपछि पैदलयात्रु,साईकलयात्रु,मालबाहक गाडी,यात्रुबाहक बस,अटोरिक्सा,मोटरसाईकल चलाउन समेत समस्या भएको बारा कलैया उपमहानगरपालिका वडा नम्बर १७ का अटो चालक श्रीराम महतोले बताएका छन्।
सडक हिलाम्मे बनेपछि उक्त सडकमा जोखिम मोलेर सवारी साधन चलाउन बाध्य भएको चालक महतो बताउछन। पानीले सडक हिलाम्मे बनेपछि दुई दर्जन भन्दा बढी मोटरसाईकल दुर्घटनामा परेको प्रत्यक्षदर्शी देवकोटा चोकका मोटरसाईकल मिस्त्री भदई महतोले बताए।
मानवत मटिअर्वा सडक खण्ड अन्र्तगतको ३ किलो मिटर बाटो कालोपत्रे नहुदा प्रत्येक वर्ष वर्षायाममा यात्रु,बटुवा,स्थानीय,कलैया बजार आउने उपभोक्ता,सवारी साधनले सास्ती खेप्नु परेको छ।