वीरगन्ज । जसपाका युवा नेता एजाज बाबुले संघीय खानेपानी मन्त्री प्रदीप यादवसंग नाम जोडेर गलत र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै कारबाहीको मागसहित प्रेस काउन्सिसलमा उजुरी दिएका छन् ।
मधेस टुडे नामक अनलाइनले बिहीबार सम्प्रेषण गरेको योजनाको चिठ्ठीकालागि खानेपानी मन्त्री यादवका एजेन्टको आतंक भने शीर्षकको समाचार भ्रामक रहेकाले त्यसलाई कारबाही गर्न ध्यानाकर्षण गराएका हुन् ।
'तथ्यहीन समाचारमा मेरोसमेत नाम जोडेर प्रसारण भएको रहेछ । पत्रकारिताको मूल्य, मान्यता र आचार संहिताको ठाडो उल्लंघन गर्दै मेरो नाम जोडेर चरित्र हत्या गरि मान प्रतिष्ठामा आघात पुर्याएकाले छानबिन गरि यसमा संलग्नलाई अबिलम्ब कारवाहीको लागि यो निवेदन पेस गरेको छु' एजजा बाबुले दिएको उजुरीमा छ ।
राजनीतिको निष्ठा, मूल्य मान्यता र आचार संहितामा रहेर एक दशकभन्दा लामो समयदेखि राजनीतिकमा संलग्न रहेको उल्लेख गर्दै उनले आरोप पुष्टी गर्न चुनौती दिएका छन् ।
'मैले केही नगरेको अवस्थामा कपोलकल्पित ढंगले भ्रमपूर्ण तबरमा गलत मनसायले समाचार प्रकाशन गरिएको छ त्यस्ता कार्यमा मेरो कुनै सम्बन्ध नभएको स्पष्ट पार्न चाहन्छु । काउन्सिलले यो प्रकाशित समाचारको सत्य तथ्य पहिल्याओस् भनी आग्रहसमेत गर्दछु' एजजा बाबुले भनेका छन् ।
यसबाट आफ्नो इज्जत प्रतिष्ठामा पुगेको क्षतिको दण्डको लागि नेपाल सरकारका सम्बन्धित निकायमार्फत दोषिसँग लडिरहने उनले उद्घोष गरेका छन् । 'अतः उक्त निराधार, भ्रमपूर्ण समाचारमाथि अविलम्ब प्रतिबन्ध लगाई सम्बन्धितमाथि छानबिन गरि हदै सम्मको कारवाहीको लागि यो निवेदन पेश गरेको छु' एजाज बाबुले निवेदनमा छ ।
साथै ५० लाख भन्दा कमको योजनामा उपभोक्ता समिति गठन हुनुपर्ने हो तर ती सबै योजनाहरू ५० लखा भन्दा माथिको रहेकोले ती योजनाहरुको नियंमसम्बत टेण्डर नै हुने भएकोले यो समाचार आर्थिक लाभ लिनका लागि प्रकाशित गरिएको उनले बताए ।