वीरगंज । दलित महिला संघ पर्साको आयोजनामा बुधबारदेखि वीरगंजमा दुई दिने प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल कार्यक्रम आज बिहिबार सम्पन्न भएकाे छ ।
वीरगंजस्थित होटेल वीरगंज गेटवेमा सुरु भएकाे कार्यक्रमकाे उदघाटन प्रदेश सभा सदस्य बिना शर्माले गरेकी थिइन् । समापन कार्यक्रममा वक्ताहरुले महिलाहरुको बिकासको बाधक महिलानै भएकोले महिलाहरुलाई सचेतिकणकाे आवश्यकता रहेको बताएका हुन् ।
उक्त कार्यक्रममा यौन दुवर्यवहार रोकथाम , शिक्षा , जातिय भेदभाव , लैंगिक हिंसा लगायतको विषयमा छलफल गरिएको थियो । साथै दलित समुदायमाथिको भेदभाव अन्त्य गरी दलितको हकअधिकार सुनिश्चित गराउने विषयमा गहन छलफल गरिएको थियो ।
साथै मधेश प्रदेश सरकारले बनाएको ऐन दलित सशक्तिकरण ऐन प्रदेशको हरेक पालिकामा कार्यान्वयन गराउन विशेष समिति गठन गरिने विषयमा जोड दिएको छ ।
मधेश प्रदेशका आठवटै जिल्लाबाट दलित महिलाहरूको सक्रिय सहभागितामा सुरु भएको दुई दिवसिय छलफल कार्यक्रममा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, धनुषा र सप्तरी जिल्लाबाट २–२ जना गरी १६ जना दलित महिला कार्यपालिका सदस्यहरू र २७ जना समान्य दलित महिला गरी कुल ३५ जना सहभागी रहेको थियो ।
कार्यक्रमका सहभागी महिलाहरूलाई भोला पासवानले प्रशिक्षण दिएका हुन्।