सिरहा । सिरहामा एक दलित महिला बलात्कार प्रयास प्रकरणमा पत्रकारले नै रकम मागेको आरोप परिवारजनले लगाएका छन् ।
चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मृत्यू प्रकराण्मा रिपो्र्टिँगको लागि गएक सिरहाका एक पत्रकारले दुई हजार रुपैयाँ लिएको आरोप लगाएका छन् ।
आनन्दी देवी सदायकी माइत पक्षबाट बोल्दै उनकी आमाले यो घटनाको बारेमा समाचार लेखेर मुद्दा बढाइदिन्छु भन्दै थप रुपैयाँ मागेको बयान दिएको छ ।
नेपाल प्रहरीका एसएसपी परिवारजनसँग भेट गर्न गएको बेला पत्रकारसँग कुराकानी गर्दै पीडित परिवारले पत्रकारले रुपैयाँ लिएको र थप मागेको पीडा सुनाईन् ।
को पत्रकारले रुपैयाँ मागेको सन्दर्भमा आफू नचिनेको बताउँदै उनकी आमा बिलटौन देवी सदायले होचो र गोरा खालको रहेको हुलिया मात्र बयान गरिन् । बिलटौन देवीका अनुसार, यो मुद्दामा सहयोग गरिदिने, प्रहरीमा मुद्दा बढाइदिने, दबाब दिलाइने भन्दै २५ हजार रुपैयाँ मागेको आरोप लगाएकी हुन् ।
पत्रकारले नै पीडितसँग उल्टै रकम मागेपछि असहाय रहेको सदाय परिवारले रकम दिन मानेनन् । घरको नुन तेल चल्ने रकम पत्रकारले नै लिएपछि उनीहरु थप पीडित भएको सुनाईन् । उनले त्यो पत्रकार पुनः घर आए चिन्ने बताए ।
आनन्दीदेवी सदायलाई गत ९ पुसको बिहान करिब ११ बजे माइती गाउँनजिकै रहेको नवराजपुर गाउँपालिका वडा नम्बर ३ जगतपुरमा स्थानीय २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर हरिनारायण यादवको आँपको बगैंचामा लगेर बलात्कार प्रयास गरेका थिए ।
न्यायको लागि प्रहरीमा धाएपनि सुनुवाई नभएपछि अन्ततः आनन्दी देवी सदायले मृत्यू रोजिन् । घर परिवारबाट समेत असहयोग भएपछि माईती घरमै उनी झुण्डिएको अवस्थामा फेला परेपछि बल्ला घटना बाहिरिएको थियो ।