वीरगञ्ज । कर्मचारी मिलन केन्द्र पर्साले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ । केन्द्रले आइतबार जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित एक कार्यक्रमबीच भित्तेपात्रो विमोचन गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल, केन्द्रका अध्यक्ष प्रभाकरकुमार मल्लिक र केन्द्रका पदाधिकारीहरुले संयुक्त रुपमा भित्रेपात्रो विमोचन गर्नुभएको हो ।
प्रजिअ अर्यालले शिथिल अवस्थामा रहेको कर्मचारी मिलन केन्द्रलाई जोगाउने प्रयास जारी रहेको बताउनुभयो ।
‘‘लामो समयदेखि शिथिल अवस्थामा रहेको केन्द्रले विस्तारै रचनात्मक कार्यक्रम गरेर जागरुप हुने प्रयास गरिरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘कर्मचारी मिलनकेन्द्रलाई सबै राष्ट्रसेवक कर्मचारीको साझा चौतारीको रुपमा
विकास गर्न आवश्यक भइसकेको छ ।’’
प्रजिअ अर्यालले केन्द्रलाई पर्सा जिल्लाको तस्बिर झल्किने गरी पारस स्मारिका पनि यथाशीघ्र रुपमा प्रकाशन गर्नका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।
केन्द्रका अध्यक्ष मल्लिकले कर्मचारी मिलन केन्द्रलाई राष्ट्रसेवक कर्मचारीको साझा चौतारीको रुपमा विकास गर्दै आगामी दिनमा थप रचनात्मक काम गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘‘गत फागुनमा कर्मचारी मिलन केन्द्रको नयाँ नेतृत्व चयन भएको हो ।’’ उहाँले भन्नुभयो,‘‘छोटो समयको अवधिमा नै भित्तेपात्रो सार्वजनिक गर्न सफल भएका छौं । सबैसँग समन्वय र सहकार्य गरेर आगामी दिनमा थप रचनात्मक काम गर्दै अघि बढ्नेछौं ।’’
केन्द्रका उपाध्यक्ष प्रिति देवले केन्द्रले आगामी दिनमा पारस स्मारिका प्रकाशन गर्नका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।
‘
‘राष्ट्रसेवक कर्मचारीले आफ्नो कार्यालयको कामको बावजुत पनि रचनात्मक कार्य गर्दै आइरहेका छौं ।’’ उहाँले भन्नुभयो,‘‘आगामी दिनमा थप प्रभावकारी कार्य गरेर अघि बढ्नेछौं ।’’ केन्द्रका सचिव दिपककुमार पटेलले पर्साका विभिन्न सरकारी कार्यालयमा सरुवा भएर आउने कार्यालय प्रमुख तथा कर्मचारी लाई केन्द्रसँग सम्पर्क गर्न आब्हान गर्नुभएको छ । केन्द्रले आइतबार विभिन्न कार्यालयबाट पर्सा जिल्लामा सरुवा भएर आएका तथा स्तरवृद्धि भएका कार्यालय\प्रमुख तथा कर्मचारीलाई स्वागत गरेको थियो । त्यस्तै कामको शिलशिलामा अन्य जिल्लामा सरुवा भएका कर्मचारीहरुको बिदाई समेत गरिएको थियो ।