बिरगंज । बिवादित प्रदेश न. २ मा भोलि काङ्ग्रेसको वडा अधिवेशन हुने नभएपनी अन्यत्र ठाउमा देशै भरी हुन लागेको वडा अधिवेशनमा परिवर्तनको लागि उम्मेदवारी दिने जमातमा अग्रिम शुभकामना दिन चाहन्छु, हार र जितको प्रवाह कायरले गर्दछ फाइटरले परिणामको पर्वाह बिना लडाइ लड्दछ, यसकारण युवा जमातहरु लडनुस परिणामको चिन्ता नलिनुस ।
कांग्रेसले क्रियाशील सदस्य लिएको निश्चित वर्ष पुगेपछि मात्रै विभिन्न पदमा उठ्न पाउने विधान बनाए पनि १५ औं महाधिवेशनका लागि ती विधानका व्यवस्था निलम्बन गरिएका छन्।
२०७७ फागुन ६ र २०७८ साउन ३० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यको अवधि सम्बन्धी विधानको व्यवस्था बाधा अड्काउ फुकाउबाट निलम्बन गरिएका छन्।
अब कांग्रेसका तल्ला तहका अधिवेशनमा सभापति, पदाधिकारी, सदस्य र माथिल्लो तहमा प्रतिनिधि आउनका लागि उम्मेदवार बन्न विधानले छेक्दैन।
पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि हुनुपर्ने विधानमा व्यवस्था भए पनि तल्ला तहका लागि त्यो व्यवस्था निलम्बन भएका छन्।
तर पार्टीको केन्द्रीय सभापति, कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महानगर सभापति, उपमहानगर सभापतिका लागि विधानको व्यवस्था निलम्बन गरिएको छैन।
कांग्रेसको केन्द्रीय सभापति हुन क्रियाशील लिएको कम्तिमा १५ वर्ष भएको र महाधिवशेन प्रतिनिधिबाट निर्वाचित हुनुपर्छ।
प्रदेश सभापति हुन पनि निरन्तर १५ वर्षदेखि क्रियाशील सदस्य भएको हुनुपर्छ भने जिल्ला सभापति हुन निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको व्यक्ति योग्य हुने विधानमा उल्लेख नेपाली कांग्रेसका युवा नेता रौनियारको भनाइ रहेको छ ।