वीरगंज । पर्साको पोखरीया नगरपालिकामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले पोखरीया नगर कमिटीको आयोजनामा पोखरीया नगरपालिकाको वडा नं ९ सेमारबरीको धर्मशालामा वडा स्तरिय भेला सम्पन्न भएको हो ।
नगरपालिका अध्यक्ष भगवान कुर्मीको अध्यक्षता तथा सबिधान सभा सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्य एवं सविधान सभा सदस्य प्रधुमन चौहानको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।धर्मशालामा वडा कमिटी भेला भई ९२ सदस्यिय आयोजक कमिटी गठन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संबिधान सभा सदस्य राजकुमार गुप्ताले एमाले पार्टी समृद्ध नेपाल सुखी नेपालीको नारा लिई चल्ने पार्टी हो । एमाले सरकारले ३८ महिनामा गरेको काम अहिले कुनै सरकारले नगरेको नेता गुप्ता बताउनु भयो । राणा शासन देखि प्रजातन्त्रसम्म देशमा जम्मा ६ हजार ५०० सय सडक निर्माण भएको थियो । एमाले सरकारले वर्षको ७ हजार सडक बनाएको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको ३८ महिने कार्यकालमा देशमा बिकाशको लहर छायोको दावी गर्नुभयो ।
नेता गुप्ताले नेपाली काँग्रेसले नेपाली जनतालाई भ्रमको खेती गरेर शासन गरिरहेको आरोप समेत लगाउनुभयो । उहाँले ओली सरकारको नेतृत्वमा जनता आवास कार्यक्रम , सडक बिस्तार, प्रत्येक स्थानिय तहमा अस्पताल, मेलम्ची खानेपानी, हुलाकी सडक मार्ग, नयाँ नक्सा जस्ता महत्वपुर्ण काम सम्पन्न भएको बताउनुभयो ।
उहाँले ५० दिन बितिसक्दा पनि मन्त्रिमण्डल बिस्तार हुन नसक्नु दुखत भएको बताउनुभयो । उहाँले जुन सरकारले ५० दिनमा मन्त्रिमण्डल बनाउन नसकेकोले उक्त सरकारबाट नेपाली जनताको कल्याण नहुने समेत दावी समेत गर्नुभयो । उहाँले आउने चैतमा हुने स्थानिय चुनावमा नेकपा एमालेका सबै उमेदवारहरुलाई बढी भन्दा बढि मतदान गरी विजय गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संबिधान सभा सदस्य प्रधुनम चौहान , प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , प्रदेश कमिटी सदस्य संजिव मिश्रा , विधाचल ठाकुर , प्रमोद गिरी लगायतका वक्ताहरुले धारणा राख्नुभएको थियो । कार्यक्रममा हीरा साह , रामेश्वर चौहान , रमदर्श साह , पारस साह , किशोरी भगत लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो ।