विरगंज । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले केही नेताहरुले आफना स्वार्थ पुर्तिका लागि एमाले बिभाजन गरेको आरोप लगाउनु भएको छ । नेकपा एमाले पर्साद्वारा आयोजित जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका नेता ज्ञवाली नेकपा एमाले संग एक्लै भिड्ने हैसियत कुनै पार्टी संग नभएको पनि दावी गर्नुभयो । ४१ महिने कार्यकालमा ओलीले सडक निर्माण, हुलाकी राजमार्ग, अन्र्तराष्ट्रिय बिमान स्थल, स्वास्य,कृषि,शिक्षा र भौतिक पुर्वाधारमा बिशेष जोड दिएको बताउनुभयो । केपी ओलीको लोकप्रियता देखेर प्रचण्ड , शेरबहादुर देउवा र माधव नेपाल जस्ता नेता आतिएर एमाले बिरुद्ध षड्यन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले केपी आलीको नेतृत्वको सरकारले अलगाववादी नेता सिके राउत, सशस्त्रद्वन्द गरिरहेका बिपल्व समुहलाई नेपालको राजनितिको मुलधारमा ल्याएको बताएका थिए । पुर्वपराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीेले आउने चुनावमा एमाले पुनः ठुलो दल बन्ने र नेपाली जनताका अधुरा सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले आउने चैत्रमा हुने स्थानिय चुनावको तयारीमा जुट्न पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रदेश २ का अध्यक्ष ज्वाला साह, पर्सा जिल्ला ईन्र्चाज अच्युत मैनाली केन्द्रिय सदस्य निर्मला देवकोटा लगायतकाले धारणा राख्नुभएको थियो । पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको अध्यक्षतामा आयोजित कार्यक्रममा संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रधुमन चौहान, जुनैद अंसारी, नेताहरु बसरुदिन अंसारी, सुन्दर कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु शेख,युवा नेता महम्द निजाम,रामकिसोर सिंह पराग, शिवजी गुप्ता, रवि गुप्ता ,अकलेश साह लगायतको उपस्थिति रहेका थियो । टाउन हलमा सम्पन्न कार्यक्रमको सहजीकरण पर्सा जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य वीरगंज नगर अध्यक्ष बिश्वम्भर शर्माले गरेका थिए ।