वीरगंज । बाराको पचरौता नगरपालिकामा नेकपा एमालेको नगरपालिका स्तरीय कार्यकर्ता भेला बेनौलीमा सम्पन्न भएको छ ।नेकपा एमालेका नेता राजनारायण राउतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका नेता एवम् राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल रहनुभएको थियो ।
विशिष्ट अतिथिहरुमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बारा जिल्ला अध्यक्ष बलविर चौधरी ,नेकपा एमालेका जिल्ला सचिव महम्मद समीर अंसारी ,जिल्ला सदस्य एवम् क्षेत्र नम्बर -३ का नेता अध्यानन्द पाण्डेय रहनु भएको थियो ।अतिथिहरुमा नेकपा एमाले पचरौताका नेता जलन्धर सिँह ,सुनिल पाल लगायत नेताहरु रहनु भएको थियो ।
स्वागत मन्त्वय सुरेश प्रसाद यादवले राख्नु भएको थियो ।नेकपा एमालेलाई मजबुत सबैले भूमिका खेल्नुपर्ने अावश्यकता रहेको वक्ताहरुको भनाई रहेको थियो ।नगर स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दे अाफ्ना मन्तव्य राख्नेहरुमा युवा संघ पचरौताका नेता रोशन यादव ,स्थानीय नेता भिखारी मुखिया ,बैधनाथ यादव लगायतका रहेका थिए ।
पचरौता नगरपालिकाका ९ वटा वडाबाट कार्यकर्ताहरुको भेला गराई मनोबल उच्च बनाउन लागि कार्यक्रमको अायोजना गरिएको नेकपा एमाले पचरौताका नेताहरुको भनाई रहेको थियो ।प्रमुख अतिथिले नेकपा एमालेको विकल्प अरु पार्टी हुन नसक्ने जिकिर गरे ।त्यस्तै बारा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष बलविर चौधरीले नेकपा एमालेलाई सशक्त बनाउन जरुर रहेको बताउनुभयो ।
२०५४ सालतिर पार्टीको उपाध्यक्ष हुदाँ पार्टीले अाफूलाई अध्यक्ष बनाउन खोज्दा पनि पचरौतालाई नै दिएको उनले बताए ।त्यतिबेला बेलाका नेकपा एमालेका नेता छठु प्रसाद यादवलाई पार्टी अध्यक्ष बनाएर पछाडि परेको पचरौताको विकास गराउन खोजेको सम्झना गर्दे तत्कालीन एमालेबाट अहिले छठु प्रसाद यादव पार्टी बिराएर अरु ठाउँमा गएको अध्यक्ष चौधरीले बताउनुभयो ।
बारा जिल्लामा नेकपालाई मजबुत बनाउन अाजको अावश्यकता रहेको र १६ पालिकामा यस्तै कार्यक्रम गरिने अध्यक्ष बलविर चौधरीले नगर स्तरीय कार्यकर्ता भेलामा बताउनुभयो ।त्यस्तै पचरौता नगरपालिकामा मेयरका प्रत्यासी रहनु भएका जलन्धर सिँहले अहिले पचरौता भ्रष्टाचारमा चुर्लुम्म डुबेको अारोप लगाउनुभयो ।पचरौतामा नेकपा एमाले विजय भएर अायो भने त्यस्ता भ्रष्टाचारी पोल खोल्ने जनता समक्ष ल्याउने बताउनुभयो ।
शिक्षा ,स्वास्थ्य ,कृषि तथा यूवाहरुको छुट्टै प्याकेजको कार्यक्रम नेकपा एमाले बाहेक अरु कसैले ल्याउन नसक्ने ठोकुवा समेत गर्नुभयो ।नेपाली काँग्रेस ,जनता समाजवादी पार्टी ,लोकतान्त्रिक पार्टी ,नेकपा माअोवादी पार्टी परित्याग गरि सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेको युवा नेता रोशन यादवले बताउनुभयो ।
अहिले नेकपा एमालेमा अाउनेको जनलहर नै चलेको उहाँले बताउनुभयो ।पार्टी प्रवेश गरेकाहरुलाई दोसल्ला तथा फुल माला लगाई अतिथिहरुले स्वागत गरेका थिए । पाँच सय भन्दा बढी कार्यकर्ताको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन नेकपा एमालेका नेता एवम् वडा नम्बर -७ का वडाध्यक्ष दिनानाथ सहनीले गर्नुभएको थियो ।