वीरगंज । पर्साको पोखरीया नगरपालिकामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले पोखरीया नगर कमिटीको आयोजनामा पोखरीया नगरपालिकाको वडा नं ५ सत्वरियामा वडा स्तरिय भेला सम्पन्न भएको छ । सत्वरियामा भएको भेलामा ३३ सदस्सिय पार्टी कमिटी , २७ सदस्सिय किसान कमिटी , २७ सदस्सिय दलित कमिटी , ३२ सदस्सिय युवा कमिटी , २१ सदस्सिय महिला कमिटी र १७ सदस्सिय दलित महिला कमिटी गठन भएको छ । नगरपालिका अध्यक्ष भगवान कुर्मीको अध्यक्षता तथा जिल्ला अध्यक्ष प्रभु हजारको प्रमुख आतिथ्य एवं सबिधान सभा सदस्य राजकुमार गुप्ता तथा सविधान सभा सदस्य प्रधुमन चौहानको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजराले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा चर्चा गर्नुभएको थियो । हजराले नितान्त व्यक्तिगत स्वार्थका कारण पार्टी बिभाजन गर्ने नेताहरुलाई आउने चुनावमा तह लगाउनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सविधान सभा सदस्य राजकुमार गुप्ताले अगामी निर्वाचन भयरहित बातावरणमा हुने बताउनुभयो । उहाँले मतपत्र च्यात्ने, बति निभाएर निर्वाचन जित्ने युग समाप्त भएको बताउदै जनताको काम गर्न नेतालाई आग्रह गर्नुभयो । संबिधान सभा सदस्य समेत रहनु भएका गुप्ताले तिन बर्षमा ओलीले गरेका राष्ट्रिय गौरवका आयोजना,मधेशको लाईफलाईन हुलाकी सडक निर्माण लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो । गुप्ताले आउने निर्वाचनको परिणाम आफनो पक्षमा पार्न टोल टोलमा संगठन निर्माण गर्न पनि अनुरोध गर्नुभयो । उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा एकतावद्ध हुन सवैलाई आग्रह गर्नुभयो ।
संविधान सभा सदस्य प्रधुमन चौहानले नेपाली काँग्रेसले नेपाली जनतालाई भ्रमको खेती गरेर शासन गरिरहेको आरोप समेत लगाउनुभयो । उहाँले ओली सरकारको नेतृत्वमा जनता आवास कार्यक्रम , सडक बिस्तार, प्रत्येक स्थानिय तहमा अस्पताल, मेलम्ची खानेपानी, हुलाकी सडक मार्ग, नयाँ नक्सा जस्ता महत्वपुर्ण काम सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले वर्तमान ओली सरकारलाई आफनै पार्टीका नेताको स्वार्थको कारण पार्टी बिभाजन भएको बताउनुभयो । उहाँले पद र स्वार्थका कारण पार्टी बिभाजन गर्नेहरुलाई जनताले आउने चुनावमा तह लगाउने समेत बताउनुभयो । उहाँले ६० दिन बितिसक्दा पनि मन्त्रिमण्डल बिस्तार हुन नसक्नु दुखत भएको बताउनुभयो । उहाँले जुन सरकारले ६० दिनमा मन्त्रिमण्डल बनाउन नसकेकोले उक्त सरकारबाट नेपाली जनताको कल्याण नहुने समेत दावी समेत गर्नुभयो । उहाँले आउने चैतमा हुने स्थानिय चुनावमा नेकपा एमालेका सबै उमेदवारहरुलाई बढी भन्दा बढि मतदान गरी विजय गराउन आग्रह गर्नुभयो । कार्यक्रममा राजेश रौनियार , मनोज पटेल , मनिर आलम , दुखरण महतो चाई , रसीद मियाँ लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो।