बिरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले अधिकारका लागि सडकमा निस्कएका मधेसी जनतालाइ गोली हानेर बनाइएको संविधान मधेसका लागि स्वीकार्य नरहेको बताएका छन् । पर्सा जिल्लाको पकाहामैनपुरमा आइतवार आयोजित शहिद सत्रुधन पटेलको ६ औँ स्मृति दिवसको कार्यक्रम सभालाइ सम्बोधन गर्दै ठाकुरले मधेसीको रगतले लेखिएको संविधानमै मधेसीकै अधिकार नसमेटिएको बताए ।ठाकुरले भने ,‘ जब सम्म मधेसका माग समेटिदैन तब सम्म मधेसीले यो संविधानको अपनत्व लिन सक्दैनन, असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउछन् ।
संविधान जारी हुनु पुर्व आफ्नो माग संविधान राख्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मधेसीलाइ खस शासकले बदलाको भाव राखेर गोली चलाएर मधेसी सपुतहरुको हत्या गरेको आरोप पनि उनले लगाए ।
अहिले पनि मधेस प्रति शासकको विभेदकै व्यवहार रहेको भन्दै उनले भने ,‘ अहिले पनि हाम्रा पार्टीका सांसद रेशम चौधरी जेलमै छन् , सयौं नेता कायकर्ताले मुद्धा खेपी रहेका छन् ।
माओवादी सशस्त्र युद्धका घाइतेलाइ राज्यले भरपोषण गरिरहेको तर मधेस आन्दोलनका घाइतेहरुलाइ भने वास्ता नै नगरेको गुनासो उनले गरे । लोसपाका नेता राजेन्द्र महत्तोले असोज ३ गते मधेसी र मधेसीका अधिकारको हत्या भएको दिन भएको टिप्पणी गरे । मधेसी पनि नेपाली हुन् , त्यसैले मधेसीको अधिकार पनि समेटेर संविधान जारी गर भनेर शान्तिपूर्ण आन्दोलनमा उत्रिदा सरकारले गोली चलाएर मधेसीको हत्या गरेको महत्तोले बताए । त्यसैले यो विभेदकारी संविधान नसच्चिएसम्म मधेसीको संविधान नहुने उनले बताए ।जसपाका कार्यकारीणी सदस्य एंव पुर्वमन्त्री जितेन्द्र सोनलले अहिलेको संविधान लोकतान्त्रिक संविधान नभइ खुनी (हत्यरा) संविधान रहेको बताए । उनले भने ,‘ संविधान लेख्ने बेलामा हामीले मधेसीलाइ पनि नेपाली ठानेर मधेसको पनि मुद्धा समावेश गरिदेउ भनेर माग गरयौ , सडकमा निस्क्यौ तर खसवादी दल र त्यस बेलाको सरकारले मधेसी माथि गोली चलायो , मधेसीको छातीमा बुटले बजार्यो अनि बन्दकुको बलमा एकलौटी संविधान जारी गरयो । उनले आज मुलुकले पाएको संघीयता र समानुपातिक समावेशीताको उपलब्धी मधेस विद्रोहकै उपलब्धी भएको जिकिर पनि गरे ।उनले भने ,‘ संघयिता , समानुपातिक समावेशीता जस्ता उपलब्धी मधेस विद्रोहकै देन हो ।
श्रद्धान्जलीसभालाइ लोसपाका कार्यकारीणी सदस्य एंव पूर्वमन्त्री लक्ष्मणलाल कर्ण , प्रदेश सभासदस्य रमेश कुर्मी , प्रहलाद गिरीले लगायतले पनि सम्बोधन गरेका थिए ।श्रर्दान्जली कार्यक्रममा युवा नेता राजेशमान सिंह , प्रेमबाबू पटेल , मुकेश द्रिवेदी , उमेश सहनी , मिनु ठाकुर , बरखतुन नेसा , राहुल सरार्फ , शशि पाण्डे , सुजित गिरि , फरिन्द्र चौहान , नवल पटेल लगायतका नेेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।