वीरगञ्ज । बिगत लामो समय देखि कोरोनाले प्रभावित शिक्षा क्षेत्र भर्चुअल माध्यमबाट हुँदै आएको पठनपाठन अवउपरान्त भौतिक उपस्थितिमा कक्षा संचालन हुनु पर्ने माग गर्दै जनकपुर स्थित राजर्षी जनक विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित विद्यार्थीहरु शान्तिपूर्ण धर्नामा बसेका हुन् ।
प्रथम वर्ष प्रथम सेमेस्टरमा अध्यनरत बीबीए, बीसीए, बीएससी, सीएसआईटी, बीए, एसएलबी र प्रथम वर्ष दोस्रो सेमेस्टरमा अध्यनरत एमबीए का विद्यार्थीहरुले एक महिना देखि क्याम्पस प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउदा पनि कुनै चासो नलिएकोले बाध्य भएर आन्दोलित भएको विद्यार्थी रवि कुमार साह बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयले असोज १ देखि र पुर्वाञ्चल विश्वविद्यालयले भादौ २७ देखि भौतिक कक्षा संचालन गर्दै आएको छ । तर राजर्षी जनक विश्वविद्यालयले पठनपाठन बन्द छ ।
विद्यार्थीका अनुसार पधाधिकारी तथा कर्मचारीलाई सम्पर्क गर्दा जनकपुर भन्दा बाहिर रहेको र मोबाइल स्विट्च अफ गरि बसेका हुन् ।
देशको कर्मधार विद्यार्थीहरुको जिवन सङ खेल्वाड गर्नु उचित नरहेको र पधाधिकारीहरुले आफ्नो जिम्मेवारी बोध गराउन शान्तिपूर्ण आन्दोलन सुरु गरेको विद्यार्थीहरु बताउँछन ।
उनीहरु क्याम्पसको पोशाक, परिचयपत्र, कापी, किताब, कलम र झोला सहित क्याम्पसमा उपस्थित भइ कर्मचारी , शिक्षक, क्याम्पस प्रशासन, क्याम्पस प्रमुख लगायत पधाधिकारीहरुलाई खोजतलास गरेका हुन ।राजर्षी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. भरत झा आफु पोखरा रहेको बताएका छन् । रजिष्टार आफ्नो निवासमा, क्याम्पस प्रमुख काठमाडौंमा रहेका छन् ।