बिरगंज । जय माँ दुर्गा भवानी पूजा समितिद्वारा आज पर्सा जिल्लाको पोखरीया नगरपालिका वडा न. ९ बैरियाविर्ता स्थित मठमन्दिर तथा गाउँ टोलको बाटो घाटोको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दू धर्मावलम्बीहरूको महान चाड पर्व दशैं लाई मध्य नजर गर्दै गाउँमा भएको सम्पूर्ण मन्दिरको परिसर भित्र रहेका सम्पूर्ण देवी देवता हरुको मूर्तिलाई सफा गरी गाउँको बाटो पनि सरसफाइ गरिएको सदस्यहरुले बताए । साथै सकारात्मक सोचको साथ सधैं समितिले निरन्तर सामजिक कार्य गतिविधिहरु गर्दै आइरहेको छ आगामी दिनमा पनि निरन्तर समाजको परिवर्तनको लागि काम गर्नेछ भने समितिका धर्मेन्द्र पटेलले बताए ।
जय माँ दुर्गा पूजा समितिका पूजा संयोजक बलिराम मुखियाको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियार , उपमेयर सालमा खातुन , नेता निजामुदिन समानी , नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्रा , समाज सेवी नौसद आलम , रमधार मुखिया , पारस कुर्मी , मंजूर मियाँ , रामकुमार पटेल , ओमप्रकाश मुखिया , लगायत पूजा समितिका सबै सदस्यहरुको सहभागिता रहेको थियो ।
आउने दिनमा समाजमा रहेका विभिन्न कुरुतिहरु हटाउदै समाजमा राम्रो कामहरू गर्दै गाँउमा भइरहेको भ्रष्टाचार नियंत्रणका लागि पूजा समितिले प्रभावकारी कामहरू गर्ने समितिका सदस्य हरुले बताएका थिए।
कार्यक्रम सहभागिता जनाउँदै नगर प्रमुख र उपप्रमुखले गाउँमा घुमी गाउँको बाटोको बारेमा अवलोकन गरेका थिए । गाउँमा वर्षो देखि बन्द रहेको बाटो बनाई पुन सुचारु गर्ने लगाउने नगर प्रमुख र उपप्रमुखले बताएका थिए ।