बीरगंज। बाराको जीतपुर सिमरा स्थित रहेको गढीमाई मन्दिरको प्राङ्गण भित्र श्री श्री १००८ श्री चित्रगुप्त महाराज को मन्दिर पूर्ण रूपले निर्माण भएको छ ।
कार्तिकको द्वितीया तिथी शनिवार का दिन श्री चित्रगुप्त मन्दिर को आज उद्घाटन समारोह तथा सहयोग गर्ने सम्पूर्ण सहयोगी ज्यु हरुको सम्मान कार्यक्रम रहेको थियो।
आजको यस कार्यक्रम को प्रमुख अतिथि वीरगंज महानगरपालिकाको शिक्षा शाखा अधिकृत अरविन्द लाल कर्ण, विशिष्ठ अतिथि उद्योगपति मनोज दास, अतिथि चित्रगुप्त मन्दिर निर्माण को कार्य अध्यक्ष सुरेन्द्र श्रीवास्तव लगायत विभिन्न चित्रांस समुदायका सदस्य हरुको उपस्थिति मा यस कार्यक्रम लाई प्रारम्भ गरिएको थियो ।
प्रमुख अतिथि कर्ण द्वारा फिता काटेर चित्रगुप्त भगवान को मन्दिरलाई उद्दघाटन गरिएको हो । विभिन्न विधि विधान पूजा आराधना स्वरूप यस मन्दिरमा चित्रगुप्त भगवानको मूर्ति स्थापना गरी सांस्कृतिक ढंगले मन्दिरलाई संचालनमा ल्याइएको छ ।
चित्रगुप्त भगवान को मन्दिर निर्माण गर्नको लागि सहयोग गर्नु भएको सम्पूर्ण सहयोगी हरुलाई सम्मान पत्र स्वरूप सम्मान गरिएको छ ।
यो मन्दिर २०७१ साल मा उघोगपती मनोज दास द्वारा सिलान्यास गरिएका थिए । कार्तिकको द्वितीया तिथी शनिवार का दिन पूर्ण रूपले मन्दिर निर्माण भई आज देखि संचालन मा आएको छ ।
अथक ७ सालको संघर्ष र मिहिनेत पश्चताप चित्रगुप्त भगवान को मन्दिर लाई आज सयकडौं श्रद्धालु भक्तजन हरुको उपस्थितिमा यस कार्यक्रम लाई सभ्य र भव्य रूपले उद्दघाटन सहित समापन गरिएको छ ।