बीरगन्ज ।नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि पर्सामा सर्वसम्मतले चयन भएको छ । पर्साको चार वटै निर्वाचन क्षेत्र र दलित बाट २९ जनाको नाम सर्वसम्मतिले चयन भएको जिल्ला अध्यक्ष प्रभु हजराले जानकारी दिनु भएको छ ।
पर्सा क्षेत्र न १ बाट इश्लाम हवारी, वसरुदिन अन्सारी, अरविन्द सिंह , डा विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारा प्रतिनिधि मा चयन भएका छन्।
क्षेत्र न २ बाट गोकर्ण पाठक , महेश दास, केदार तिवारी र विणा शर्मा को चयन भएका छ्न ।
क्षेत्र न ३ बाट प्रतिनिधिमा राज कुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेज प्रकाश निषाद, संजिव मिश्र, मिना साह र लक्ष्मी कुशवाह हुनु हुन्छ ।
क्षेत्र न ४ बाट प्रतिनिधिमा जय प्रकाश थारु, मनोज गुप्ता, जोगीन्द्र साह, ठाकुर न्यौपाने र मिना गिरी हुनु हुन्छ ।
यसै गरी जिल्ला भरीको दलितबाट प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ वच्चन दास, सन्तोष पासवान र नविया गोसाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मतले चयन हुनु भएका छन्।
पार्टीका पदाधिकारीहरुको बैठकले विचारी यादव, श्याम बन्जारा , नवराज शर्मा, राजेश लामा, सुन्दर कुर्मी , रामदेव दास र राजेन्द्र यादव लाई प्रतिनिधिमा मनोनीत गर्न केन्द्र सित अनुरोध गर्ने निर्णय गरेको छ ।
कार्तिक २५ गते पार्टी कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । एमाले को दसौ महाधिवेशन मंसीर १० गते देखी १२ गते सम्म चितवनमा हुनेछ ।