वीरगञ्ज १ मंसिर
पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका को वडा नं १० को वडा सभापतिमा रामनगिना साह कानु विजय भएका छन् ।
बुधबार सम्पन्न नेपाली कांग्रेस को १४औ वडा अधिवेशनमा कानु लाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।
वीरगंज महानगरपालिका को वडा नं१०स्थित शिवपार्वती धर्मसालामा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा कानु लाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत प्रदिप कुमार जैसवाल ले जानकारी दिए ।
रामनगिना साह कानु नेतृत्वमा गठन भएको वडा समितिको उपसभापतिमा आसमाराम गुप्ता,राकेस कुमार साह,सचिवमा भैरव बहादुर महर्जन सह-सचिवमा राहुल कुमार गुप्ता र सुभनरायण प्रसाद पटेल रहेका छन भने सदस्य मा सुमेश्वर साह ,नितेश चौधरी ,आकश गुप्ता , सुनिल कु गुप्ता ,सुनिल कलवार रहेका छन् ।
प्रमुख अतिथी प्रदेश नं २ का माननीय मन्त्री ओम प्रकाश शर्मा को उपस्तिथि मा भएको वडा अधिवेशन मा कांग्रेस पार्टी का राकेश सिह , गिरिजा प्रसाद कोइराला फाउन्डेसन पर्सा का सचिव मनोहर साह , प्रमानन्द कानु , रुपा श्रेष्ठले लगायत को उपस्थिति रहे को थियो । प्रमुख अतिथि माननिय उर्जा मन्त्री ओम प्रकाश शर्मा ले सहमति मा वडा को चुनाव हुनु सुखद रहेको तथा नेपाली कांग्रेस ले आउदो चुनाव मा बहुमत को साथ १ नं पाटी को रुप मा स्थापित हुने बिश्वास व्यक्त गर्नु भएको थियो।
वडा सभापति रामनगिना साह कानु सामाजिक सेवामा तत्पर रहने तथा राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । रामनगिना साह कानु लामो समयदेखि वीरगंज महानगरपालिका वडा नं १० मा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।