वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकाका सामुदायिक विद्यालय गाउँमा मेंला लागेको वहनामा दुई दिनका लागि बन्द हुँदा ८ हजारभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् ।बहुदरमाइ नगरपालिका २ ध्यानसिंह पिपरास्थित बुदरमाइ मन्दिरमा कात्तिक पूर्णिका अवसरमा मंसिर ३ देखि ५ गतेसम्म गाउँमा मेला लागेको थियो । त्यहि मेलाको बहानामा नगरपालिकाका ९ वटै वडामा रहेका सबै १७ वटा विद्यालय आइतबार र सोमबार दुई दिनका लागि बन्द गरिएका हुन् । मेलाका लागि विधालय बन्द गरिँदा त्यहाँ अध्ययनरत झण्डै ८ हजार बढि विधार्थी पठपाठनबाट बञ्चित भए । शिक्षकले आफू खुशी विद्यालय बन्द गरेको भन्दै अभिभावकले गुनासो गरेका छन् ।
बहुदरमाइ नगरपालिका २ बैरियाविर्ता दापुका स्थानीयले मेलाका नाममा विधालय बन्द गर्नु उचित नभएको बताए । कोभिडले लामो समय शैक्षिक संस्था बन्द रहँदा पठनपाठनबाट बञ्चित भएका बालबालिका अहिले फेरि मेला र उत्सवका नाममा विद्यालय जान नपाउँदा थप मर्कामा परेको उनले बताए ।
बैरियाविर्ताकै अभिभावकहरुले पनि गाउँको एक ठाउँमा लागेको मेलाको बहानामा गाउँपालिकाभरिका विधालय बन्द गर्नु उचित नभएको बताए । उनले भने,' मेला एउटा गाउँमा लागेको छ, तर पालिका भरिका विद्यालय बन्द गरिएको छ, हजारौं बालबालिकाको पढाइ रोकिएको छ, यो सरासर गलत हो। '
नगरपालिकाको शिक्षा शाखा समन्वयकर्ता पार्वती पौडेलका अनुसार गत बिहीबार नगरपालिकाको कार्यालयमा बसेको प्रध्यानाध्यापकहरुको बैठकले मेलाका लागि सबै विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा ऐनमै स्थानीयस्तरका चाडपर्व वा मेलाका लागि आवश्यक परेको खण्डमा प्रध्यानाध्यापकको सहमतिमा विद्यालय बन्द गर्न सकिने व्यवस्था उल्लेख भएकाले त्यही अधिकारको सदुपयोग गरिएको पौडेलले बताइन् ।
उनले भनिन्,' नगरपालिकाअन्तर्गत रहेका १० वटा प्रावि, १ वटा आधारभूत र ६ वटा मावि दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।नगरपालिकाका जनप्रतिनिधिलाई जानकारी गराएर नै विद्यालय बन्द गरिएकाले यसमा अचम्म मान्नुपर्ने कुनै कारण नभएको पनि उनले बताइन् ।
मेलाको बहानामा दुई दिन विद्यालय बन्द गरिँदा विधार्थीको पठनपाठन प्रभावित भएको भन्दै शिक्षकहरु पनि असन्तुष्ट छन् । कोभिड संक्रमणको महामारी र त्यसलगत्तै परेको ठूला चाडपर्वका कारण लामो समय विधालय बन्द थिए ।
लामो समय विद्यालय बन्द रहदा कोर्स सकाउन नसकिरहेका बेला फेरि मेलाका नाममा विद्यालय बन्द गर्नु उचित नभएको वडा नम्बर ८ रामनगरी स्थित देवनन्दन देवराज नमूना माविका प्रधानाध्यापक मनोज श्रीवास्तवले बताए ।
दसैं, तिहार र छठको एक महिना लामो विदापछि कात्तिक २८ गतेदेखि खुलेका विद्यालय, अहिले फेरि मेलाका लागि २ दिन बन्द गरिएको उनले बताए ।उनले भने,' कोरोना महामारी र चाडपर्वको लामो विदाले विधार्थीको कोर्स पुरा हुन सकेको छैन।
२३ गते देखि नगरस्तरीय परीक्षा छ, कोर्स पुरा हुने स्थिती भएपछि सोमबार आफ्नो विद्यालयमा बसेको व्यवस्थापन समितिको बैठकले आगामी आइतबारदेखि अतिरिक्त कक्षा ( कोचिङ) सञ्चालन गर्ने निर्णय गरेको छ ।@ अन्नपूर्ण पोस्ट