बीरगंज । नेपाली कांग्रेसको १४औं महाधीवेशन अन्तर्गत आज बाराको परवानीपुर गाउँपालिकाको गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं २ रामपुरमा सम्पन्न अधिबेशनमा गाउँपालिका सभापतिमा पुनदेव प्रसाद यादव सर्व सहमतिबाट निर्वाचित हुनु भएको छ । उनको सभापतित्वामा ३२ गाउँपालिका कार्यसमिति चयन गरिएको छ । उपसभापतिमा श्यमबाबु पटेल(लोहा सिंह) , लालबाबु साह तेली, सचिवमा रामनाथ महतो, सह सचिवमा विनोद प्रसाद कुशवाहा , दीपक कुमार साह, सदस्यहरुमा प्रधुमन् प्रसाद यादव, गौतम प्रसाद कुर्मी, सुरेन्द्र प्रसाद, मोहनलाल दास, रामचन्द्र हजरा लगाएतका सदस्यहरू चयन भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत दिनेश प्रसाद जैसवालले निर्वाचित भएको प्रमाणपत्र प्रधान गर्नुभएको थियो । सो अधिबेसनमा क्षेत्र नं ४ का क्षेत्रीय सभापति सुनिल प्रसाद गुप्ता, पार्टीका नेता विजय गुप्ता,गाउँपालिका प्रत्यासी उमेद्वार लालबाबु प्रसाद यादव, महाधिवेशन प्रतिनिधि जगदीश साह कानु, वडा नं ५ का वडा सभापति प्रभु पटेल, वडा अध्यक्ष इस्वरी साह, युवा नेता हरिओम पटेल, सदिक देवान, अनिल शाह, इलाका प्रहरी कार्यालय प्रसौनिका इन्चार्ज विन्देश्वर यादव, शसत्प्रहरी जितपुर एरिया इन्चार्ज भीम खनाल, राष्ट्रिय अनुसन्धान बाराका तनु दास, पाच वटै वडाका वडा सभापति पार्टीका क्रियाशील सदस्य, नेता , कार्यकर्ता , सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो ।