वीरगञ्ज । नेपाली कांग्रेस पर्साको क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले अधिकांश पदमा विजयी हात पारेका छन् भने उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले न्यून पदमा जित निकाल्न सफल भएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्साको क्षेत्रीय अधिवेशनमा पर्सा क्षेत्र नम्बर १ मा अरविन्द कुमार गुप्ता, क्षेत्र नम्बर २ मा महम्मद सहाबुद्दिन, क्षेत्र नम्बर ३ मा श्रीकिशुन चौहान र क्षेत्र नम्बर ४ मा श्रीकान्त यादव सभापति पदमा निर्वाचित भएका छन् ।
यसैगरीे क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा अरविन्द गुप्ता विजयी हुनु भएको छ । सो क्षेत्रको महाधिवेशन प्रतिनिधिमा कांग्रेसका सभापति अजय द्विवेदी, अनिल रुंगटा, रामनारायण कुर्मी, इम्तियाज आलम लगायत २५ जना निर्वाचित हुनु भएको छ ।
यता क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा महम्मद सहाबुदिन विजयी हुनु भएको छ । सो क्षेत्रको अन्तिम मतपरिणाम अनुसार महाधिवेशन प्रतिनिधिमा रामरुप कुर्मी, राकेश सिंह, ओमप्रकाश शर्मा, दिना प्रसाद गुप्ता, लोकनारायण यादव, प्रेमचन्द्र दुवे, नरेन्द्र कुमार साह, नितेन्द्र साह, राजेश्वर साह, श्याम पटेल लगायत २५ जना निर्वाचित हुनुभएको छ ।
यता क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री एवं कांग्रेस नेता सुरेन्द्र चौधरीको नेतृत्वको प्यानल क्षेत्रिय सभापति श्रीकृष्ण चौहान सहितको पदाधिकारी र सदस्यहरुको समूह विजय भएको छ । सो क्षेत्रबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री चौधरीले निर्वाचन मार्फत सबै भन्दा बढी मत प्राप्त गर्नुभएको छ । २५ जना महाधिवेशन प्रतिनिधिमा सम्पूर्ण चौधरी प्यानलकै नेताहरु विजयी भएका छन् । जसमा जनाद्र्धन सिंह क्षेत्री, ललन द्विवेदी, शैलेन्द्र यादव, रामजनम चौधरी, ज्ञानेन्द्र मिश्र, अशोक कुमार गुप्ता, दिनेश चौधरी, विशुनदेव कुर्मी लगायत २५ जना निर्वाचित भएका छन ।
यता पर्सा क्षेत्र नम्बर ४ मा क्षेत्रिय सभापतिमा श्रीकान्त यादव सहितको कार्यसमिति निर्विरोध चयन भएको छ भने सो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा रमेश रिजाल, वृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, प्रकाश खनाल, कृपा सिन्धु चौधरी, किशोरी साह कानु लगायत २५ जना निर्वाचित हुनु भएको छ ।