रौतहट। हरवा चरवा अधिकार मंच रौतहट को जिल्ला भेला सप्पन्न भएको छ ।सम्पन्न भेलाले बिजनेस पासवानको अध्यक्षतामा १५ सदस्यीय हरवा चरवा अधिकार मंच रौतहट गठन गरेको हो ।जसको उपाध्यक्षमा खुसबु कुमारी पासवान , उपेन्द्र साह , सह-सचीवमा राम ईश्वर पासवान , कोषाध्यक्षमा शनित राम र सदस्यहरुमा क्रमशः दिपेन्द्र तिवारी , उर्मिला कार्की , छोटेलाल राम , करुणा पासवान , रुना पासवान , मिना देबि माझी , उपेन्द्र पटेल , दशरथ महरा , सुनिता राम र रेखा पासवान रहनु भएको छ ।
गरुडा उधोग बाणिज्य संघको सभा हलमा भगमनिया देबि रामको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथि गरुडा नगरपालिकाको उपमेयर रंगिला देबि जैसवालले अत्यन्तै पिछडिएका हरवा चरवाहरुको पहिचान गरि तिनीहरुको अधारभुत आवश्यकता पूरा गर्नुको साथै बिस्तारै योजनाबद्द ढंगले तिनीहरुको पक्षमा योजना ल्याउन आफ्नो स्थानीय तहमा जोडदार पहलकदमी लिने प्रतिबद्धता जाहेर गर्नु भयो ।
भेलामा द फ्रिडम फनडका प्रामर्शदाता एवं कनुनी सल्लाहकार बलराम भट्टराई , हरवा चरवा अधिकार मंचका केन्द्रीय अध्यक्ष दशन मन्डल , सिरहा अध्यक्ष श्याम सुन्दर सदा , रास्ट्रिय दलित नेट वर्कका टिम लिडर हुकुम सार्की लगाएतले मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम माथी प्रकाश रुपनरायन पासवान र संचालन जिल्ला सहजकर्ता सुब्बासाहेब पासवानले गर्नु भएको थियो ।