बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भातृ विद्यार्थी संगठन नेपाली बिद्यार्थीहरु लोकप्रय संगठन नेपालको सबैभन्दा ठूलो आन्दोलनको नेता संगठन अनेरास्ववियु।अनेरास्ववियु बुटवल उपमहानगरपालिका कमिटी उपाध्यक्ष ,युवा नेतृत्व ,युवा बिद्यार्थी नेता एवम् राष्ट्रिय युवा संघ नेपाल रुपन्देही सचिवालय सदस्य दिपेश राज नेपाल माथी २०७८/०८/२१ गते मंगलबार बिहान १० बजे केही अपरिचित समुहले घरमै छिरि आक्रमणमा गरेका छन ।
आक्रमण संगसंगै अनेरास्ववियु बुटवल उपमहानगर कमिटी अध्यक्ष रोशन घिमिरे ले अनेरास्ववियुको चुलिदो आकर्षक समाजसेवी युवा विद्यार्थी नेता युवा नेतृत्व अनेरास्ववियु बुटवल उपमहानगरपालिका कमिटी उपाध्यक्ष कमरेड दिपेशराज नेपाल ज्युलाई आज बिहान करिब १०बजे केही अपरिचित समुहले घरमै छिरि ज्यान मार्ने उद्देश्यले हमला गरेको प्रती अनेरास्ववियु बुटवल उपमहानगरपालिका गम्भीर ध्यानाकर्षण भएको छ ।अनेरास्ववियुको चुलिदो आकर्षक केही समुहलाइ मन नपरेको अबस्थामा यसरी आक्रमण हुनु निन्दनीय छ।बिद्यार्थी अधिकारका कुरा,देश परिबर्तनका कुरा होस अनेरास्ववियु हरसमय अग्रस्थानमा रहदै आएको छ।
यसरी देश परिबर्तनका लागि लडने बिद्यार्थी नेतालाई हमला हुनु दुर्भाग्यपुर्ण छ ।उक्त हमला गर्ने समुहलाई तत्काल पहिचान गरि कडा भन्दा कडा कारबाही गर्न अनेरास्ववियु संबंधित निकायलाइ ध्यानाकर्षण गर्दछ भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेका थिए ।
साथै अनेरास्ववियु उपमहानगर कमिटी ले आफ्नो उपाध्यक्ष एवम् माथि आक्रमण भएकोमा ध्यानाकर्षण विज्ञप्ति जारी गरेको छ बिज्ञप्ति यसप्रकार रहेको छ।
हरेक क्षेत्रमा अग्रसर , समाजसेवि ,युवा नेतृत्व युवा बिद्यार्थी नेता अनेरास्ववियु बुटवल उपमहानगरपालिका कमिटी उपाध्यक्ष, बुटवल-१३ जितगढी बस्ने , बुटवल सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत क.दिपेश राज नेपाल लाई मिति :- २०७८/०८/२१ गते मंगलबार बिहान १० बजे केही अपरिचित समुहले घरमै छिरि ज्यान मार्ने उद्देश्यले हमला गरेको प्रती अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाजसेवि चल्दो बल्दो युवा बिद्यार्थी नेता आकर्षक माथी केही समुहलाई मन नपरेको अबस्थामा यसरी आक्रमण हुनु निन्दनीय छ। यस्तो कार्य गरेकोप्रति हामी र हाम्रो संगठन अत्यन्त अपती र घोर बिरोध गर्दछौ ।हमला गर्ने समुहलाई तत्काल पहिचान गरि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न हामी र हाम्रो संगठन जोडदार माग गर्दछौं ।
उक्त घटना छानविन गर्न मा आनाकानी गरे ,लुकाउन खोजे अनेरास्ववियु बुटवल उप -महानगर कमिटी जस्तो सुकै परिस्थिति को सामना गर्ने र अनेरास्ववियुको नेता र कार्यकर्तामाथि हुने हमला मा अनेरास्ववियुले चेतवानी दिन चाहन्छौ ।