बीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीको पुष ८ मा पर्सामा आउने कार्यक्रमलाई ब्यवस्थित र भब्य बनाउन पर्सा एमाले तयारीमा जुटेको छ ।
पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजना गरिने १० औ महाधिवेशनको सन्देश सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष ओलीको सहभागिता रहने एमाले पर्सा अध्यक्ष प्रभु हजाराले जानकारी दिनु भयो ।
एमालले जगरनाथपुरको सभामा ५० हजार नागरिकको सहभागिता गराउने तयारी गरेको छ । त्यसकोलागि ठोरी, जगरनाथपुर, पटेर्वा सुगौली, कालीकामाई ,धोविनी , पकहामैनपुर र छिपहरमाई तथा पोखरिया नगरपालिकामा बिशेष तयारी गरिएको छ ।
जगरनाथपुर गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार जालीम मिया सहित दर्जन भन्दा बढी जनप्रतिनिधि र अन्य राजनीतिक नेता तथा कार्यकर्ता सोही कार्यक्रमबाट नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष हजाराले जानकारी दिनु भयो ।
पुष ८ गतेको आमसभाको तयारीकाबारेमा जानकारी गराउन बिहिवार बीरगंजमा छलफल गर्नु भएको छ । छलफलका क्रममा उहाँले कार्यक्रमको सफलताको निम्ति संचार क्षेत्रलाई सहयोग गर्न आग्रह गनुृ भएको छ । कार्यक्रममा बिषयमा बिभिन्न जिज्ञासाहरु राखेका थिए । जगरनाथपुरमा रहेको खेल मैदानमा कार्यक्रमको आयोजना गरिने र करिब १४ लाखको लागतमा मंचको निर्माण हुने उहाँले जानकारी दिनु भयो।
सवारी साधनको पार्किङ सुरक्षा प्रवन्ध पिउने पानी र शौचालयको समेत प्रवन्ध गरिने उहाँले जानकारी दिनु भयो ।