वीरगंज । जसपा समाजवादी पार्टीका नेता गौरिशंकर साहले गराउन लागेको लोक सेवा आयोगको ३ महिने निःशुल्क कक्षा संचालनको उद्घाटन गरिएको छ । खरिदार र नायब सुब्बाको तयारी गर्ने विधार्थीहरुको लागि संचालनमा ल्याईएको लोक सेवा आयोगको निःशुल्क कक्षाको शनिबार जसपा नेता गौरि दादाले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
नेता साहको सहयोगमा प्रारुप एजुकेशन फाउण्डेशनद्धारा बिन्दासिनी गाउँपालिका वडा नं। २ स्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयमा बहुअर्वाभाट्टामा खरिदार र सुब्बाको तयारीको लागि निःशुल्क कक्षा सुरु भएको छ । लोकसेवाप्रति बढ्दो विधार्थीहरुको आकर्षणलाई मध्य नजर गर्दै ग्रामिण भेगका गरिब, दलित तथा विपन्न परिवारका विधार्थीहरु पनि आफ्नै गाउँठाउँमा लोक सेवाको तयारी गरि सरकारी जागिरमा आबद्ध होउन भने उदेश्यले लोक सेवा तयारीको लागि निःशुल्क कक्षा संचालन गरिएको नेता गौरीशंकर साह उर्फ गौरी दादाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता गौरी दादाले भने, ‘‘लोक सेवा तयारी गर्ने विधार्थीहरुलाई आवश्यक पर्ने हरेक सहयोग गर्न तयार छु,’ धैर्यता र लगनशिलताले अध्ययन गरि नाम निकाल्न सफल हुनुस् ।’’ अहिले पर्साको बहुअर्वाभाठ्ठामा लोक सेवाको कक्षा संचालन गरि सुरुवात गरेको बताउँदै आउने दिन पर्सा क्षेत्र नं। ३ को सबै ठाउँमा यस्तै निःशुल्क लोक सेवाको कक्षा संचालन गरिने पनि बताए । शिक्षाको ज्योतिले नै समाजमा चेतनाको स्तर उकास्ने भएकाले शिक्षा क्षेत्रलाई बलियो बनाउने कार्यमा आफू लागेको नेता गौरी दादाले बताए ।
प्रारुप एजुकेशन फाउण्डेशनका संचालक दिलिप पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा विन्दावासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उप मेयर सल्मा खातुन, जपसा पर्साका जिल्ला सदस्य पन्नालाल साह, जसपा बहुदरमाई नगर कमिटि सचिव विरेश यादव, बहुदरमाई शिक्षक संघका अधयक्ष जवाहर प्रसाद, विन्दवासिनी गाउँपालिका वडा नं। १ का वडाध्यक्ष सगिर मियाँ, नेकपा एमाले जिल्ला सदस्य हनिफ मियाँ लागयतको उपस्थिति रहेको थियो ।