वीरगञ्ज । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागिका लागि निर्वाचन अति आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।नेकपा एमाले पर्साद्वारा आज जगरनाथपुरमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताएका छन् । अहिलेको सरकार जनादेशको अपमान गर्दै बनेकोले त्यो देश र जनता प्रति जिम्मेवार नरहेको दावी गर्नु भयो ।एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सरकार चलाएको ओलीको जिकिर छ। ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए।
उहाँले नेपालको समग्र भुगोल समेटेर नक्सा जारी गर्ने र नक्सामा भएको जमिन हाम्रो हो भनेर भारतसंग माग्न सक्ने एमाले मात्र भएको र अरुसँग त्यो तागत नरहेको समेत बताउनु भयो ।ओलीले थपे, ‘गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ । महँगी, भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिबीतिर लगेको छ।’
उहाँले हुलाकी सडकले तराई मधेशको समृद्धि र विकासको ढोका खोलेको बताउदै पहिलो पटक आफू प्रधानमंत्री हुदा हुलाकी सडक निर्माणकालागि चार अर्व ३६ करोड बिनियोजन गरेको स्मरण गर्नु भयो । उहाँले ज्येष्ठ नागरिकको सम्मन गर्दै नेकपा एमाले सरकारले ०५१ सालमा १ सय बाट शुरु गरेको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पुगको बताउनु् भयो । उहाँले अपांग, असक्त, एकल महिलाको जीवन स्तरमा आमुल परिवर्तन ल्याउन उनीहरुलाई पनि सामाजिक सुुरक्षा भत्ताको ब्यवस्था नेकपा एमालेको सरकारले गरेको जीकीर गनुृ भयो ।उनले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गरे। उनले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि एमालेले विगतमा विभिन्न कार्य गरेको दाबी गरे।
उहाँले हिजो आफूहरुले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थान सम्म आइपुगेको बताउदै प्रचण्डले कुरा नबुझ्दा पतनको बाटो तर्फ माओवादी केन्द्र पुगेको दावी गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य निर्मला देवकोटा प्रदेश सदस्य जयप्रकाश थारु लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ । पार्टी प्रवेश कार्यक्रममा जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालीम मियाको अगुवाईमा उहालाई १ सय ५१ किलोको माला लगाईएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया , पर्सा क्षेत्र नम्बर २ का नेकपा माओवादीका उम्मेदवार मोसालिम मिया , कालीकामाई गाउँपालिकाका वडाध्यक्ष सोनालाल चौरसिया ,लोसपाका युवा नेता चन्दन मिश्र, पत्रकार मनोज मिश्र लगायत ६ हजार १ सय ८० जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले पर्साका सचिव मनोज गुप्ताले बताउनु भयो । मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
कार्यक्रममा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभू साह , सहइन्चार्ज पुरुषोत्तम पौडेल, ज्वाला साह, पूर्व मन्त्री पोलिटब्युरो सदस्य लिला श्रेष्ठ, पोलिटब्युरो सदस्य सुमन प्याकुरेल , जुली महतो, केन्द्रीय सदस्य प्रभु हजारा , राजकुमार गुप्ता, निर्मला देवकोटा , बद्री न्यौपाने, रन्जना सरकार, दिवाकर देवकोटा, उद्धव रेग्मी सहितका नेताहरु सहभागिता रहेको थियो ।