बीरगंज । प्रेस चौतारी पर्साको पाँचौ जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । वीरगंव स्थित होटल कुमुमा सम्पन्न अधिवेशनले श्याम बन्जाराको अध्यक्षतामा २५ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ । गठित कमिटीको उपाध्यक्षमा विजय भण्डारी तुलसी, महिला उपाध्यक्ष्यमा कविता खडका, सचिव राजेन्द्र सिंह नेपाली, कोषाध्यक्ष राकेश साह, सह सचिवमा महम्मद सदाब र सन्तोष पटेललाई चयन गरेको प्रेस चौतारी केन्द्रीय समितिले जनाएको छ ।
त्यसैगरि सदस्यहरुमा नेहाल खान, एसके चौरसिया, दिपेन्द्र साह, धनन्जय मिश्र, शम्भू थारु, प्रकाश तिवारी, निलम चौधरी, हेम चापागाई, कृष्ण प्र. कुशवाहा, विकास साह, आनन्द पटेल, मंसुर खान, एञ्जल चौधरी, नितेश कर्णलगायतका रहेका छन् । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको मुख्य आतिथ्यमा भएको कार्यक्रममा एमालेका नेतृ तथा पूर्वमन्त्री ज्वाला साह, एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, पार्टीका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, अरविन्द सिंह, जिल्ला कमिटीका सचिव मनोज गुप्ता, जगरनाथपुर गाउँपालिकाका सदस्य जालिम मियाँ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केशी लामिछाने, महासंघका पर्साका अध्यक्ष अनुप तिवारी प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लालबाबु शेख, केन्द्रीय सदस्य अच्युत मैनाली, केन्द्रीय सल्लाहकार महेश दास, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, वीरगंज उद्योग बाणियसंघका अध्यक्ष सुबोध गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।