" बाबा उठ्नुन, कती निदाभएकाे के " मैले बाेलाए तर वहाँ मलाई वास्तै नगरी पल्टिरहनु भयाे , त्यसैले ब्ल्याङकेट तान्दै उठाउन खाेजे । चिम्लिरहेको आखामा न्यानो श्वास ले फु गरेर सुस्तरी हाल्दै कानमा Happy Rose Day Baba भन्दै निधारमा चुमे।
अाज त Kiss Day हैन त अनि फेरि किन किस गरेकाे भनेर जिस्काउन थाल्नुभयाे । मैले ब्ल्याङेट भुईमा झारेर हिडे । उहाँ उठेर बार्दलीमा पुग्नु, मलाई लागेकाे थियाे उहाँ मेेराे पछि अाउनुहुन्छ , तर अाउनुभएन । हरेक विहान मलाई जगाउनु हुन्थ्यो, तर अाज ढिलाे उठ्नु भएको थियाे । हाेटलका कुनाकुनामा डेरा जमाएर बसेका गाैथलीहरुकाे चिरविर अावाज र घाम चियाबारीलाई छिचोल्दै माथि अाईसकेको थियो ।
माेवाईलमा रिङ बज्याे, अमन सरले गर्नुभएको थियाे । मैले उहाँलाई फाेन दिदैगर्दा , मलाइ तयार हुँदै गर है भन्दै हाेटलबाट निस्किनु भयाे । मैले सारी लगाउन गाह्राे हुन्छ , सगाउनुन भन्दै राेके । उहाले फाेन राखेर मलाई सारी लगाउन मद्दत गर्नुभयाे । अमन सरले फेरि कल गर्नु भएपछि , तयारीका सजावटका निम्ति फुलहरु लिन जानुपर्ने कुरा गर्नुहुँदै निस्कनु भयाे।
करिब २ घण्टा पछि उहाँ हाेटल फर्केर अाए पछि मात्रै , हामी अस्मिता , शक्ति , प्रकाश सबैजनाले खाना खायाै । अनि बजार निस्कियाै । हाम्राे समुहका सबैले एक अर्कालाई Happy Rose Day भन्दै थिए तर त्यति बेला मेराे मुहारमा कुनै उत्साह भएन । Valentine सप्ताह मनाउन नै ईलाम पुगेका थियाै अन्य कार्यक्रमकाे याेजना त बहाना मात्रै थियाे । घामले ईलाम बजार निकै सुन्दर अनि चहकिलाे देखिएकाे थियाे ।
ईलाम बजारकाे मुख्य सडकमा बाजागाजा सहित हिडेकाे झाकीहरुकाे बिचमा हामी थियौँ । मैले उहाँलाई हेर्दै थिए तर जसै उहाँले म तिर फर्किना साथ , अर्कोतिर नजर फेर्थे । सायद उहाँलाई थाहा भईसकेकाे थियाे म रिसाएकी छु । रिसाउनु पनि जायज थियाे , प्रेमिल सप्ताह कै लागि ईलाम पुगेका थियाै । तर पहिलो दिन नै नमिठाे महसुस भईरहेकाे थियाे । उहाँ झाँकीकाे बिचबाट निस्केर सडक पेटीमा पुग्नु भयाे , म पनि उहाँ भएतिर नै गए । अरु साथिहरु ईलामकाे मुख्य चाेक कटेर अगाडि बढरहेका थिए । उहाले लगाउनुभएकाे काेटकाे भित्री गाेजीबाट गुलाफकाे फुल निकाल्दै मेराे कपालमा सिउरिदिनुभयाे । विहानीमा झै सुस्तरी कानमा Happy Rose Day Sani भन्नु भयाे तर बिना चुम्बन नै।
बिहानै सजावटकाे लागि ल्याइएकाे गुलाफकाे थुंगाबाट सुटुक्क निकालेर मलाई नै दिनका लागि भनेर राखेकाे थिए भन्नुभयाे। मैले उहाँ तिर नियालेर हेरे, निभेषभरमै मेराे अाँखाभरी अाशु थियाे । उहाँले पनि गहिराे प्रेमभाव सहित मलाई हेर्नुभयाे । मेराे अाँखामा टिलपिल भएको अाशुलाई खस्नु अघिनै पुछिदिनु भयाे ।। हामीसंगै हिडिरहेकाे शक्ति भाइले, अाेहाे ! दाईभाउजुकाे राेज डे गज्जव हुदैछ है भन्यो । मलाइ निकै लाज भयाे । म लजाएर उहाँसंग लपक्क टासिन पुगे । अनि उहाले मलाई झन कसेर अंगालाेमा बाध्नुभयाे।
बेजाेडसंग चलेकाे चिसाे हावाले बिग्रिएको अाफ्नाे कपाल मिलाए र कस्सेर अङ्गाल्दै Happy Rose Day बाबा भने । ईलामकाे व्यस्त बजारमा पनि बिना संकाेच अंगालेर हिडिरहन हामीलाई केहीले छेकेन, अाफु प्रेममा परेकाे बल्ल महसुस गर्दै थिए । सायद सबैलाई भुलिगए, उहाँलाई पाउँदा।
लेखक : सुशील कन्दरा राजभार