वीरगंज । पर्सा जिल्लाको पकाहा मैनपुर गाऊपालिकामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले पकाहा मैनपुर गाऊपालिका कमिटीको आयोजनामा पकाहा मैनपुर गाऊपालिकाको वडा नं २ सुर्जहामा वडा स्तरिय भेला सम्पन्न भएको छ । गाऊपालिका अध्यक्ष अकलेश साहको अध्यक्षता तथा केन्द्रीय सदस्य , पर्सा जिल्ला सहइंचार्ज तथा संबिधान सभा सदस्य राजकुमार गुप्ताको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजकुमार गुप्ताले प्रमादेशी सरकारले जनताको काम काज गर्न नसकेकोले यो सरकारको कुनै काम नभएको बताउनु भयो । आउँदो चुनावमा नेकपा एमालेलाई भारी मतले बिजयी गराई नेपाललाई स्मार्ट सिटी बनाउन आग्रह गर्नु भयो ।
आफैले बोले कुरा आफैले बुझ्न नसकिने प्रधानमन्त्रीसंग देश कसरी चल्छ भने सोच्नु पर्ने कुरा भएको बताउनु भयो । २३ वर्ष देश चलाएर नेपाली काँग्रेसले आफ्नो घरबार बाहेक अरू कसैको लागि केही नगरेको नेता गुप्ताले बताउनु भयो । नेकपा एमालले जेष्ठ नागरिकहरुका लागि वृद्ध भता ल्यायो , युवाहरुको लागि युवा स्वरोजगार योजना ल्यायो , गरीब विप्पन परिवारका लागि जनता आवास कार्यक्रम चलायो यस्ता धेरै काम गरेको पार्टी हो नेकपा एमाले बताउनु भयो ।
परमादेसी सरकारको यत्रो दिन पूरा भयो तर ईन्धनको मूल्य बढ़ाऊँनुको साथै अहिले सम्म सरकार कुनै काम नगरेको सरकार चलाउँला यस्तो सरकारसँग जनताको भलो नहुने भएकोले आउँदो निर्वाचनमा नेकपामै नेपाल बनाउन आग्रह गर्नु भयो । उहाँले मतपत्र च्यात्ने, बति निभाएर निर्वाचन जित्ने युग समाप्त भएको बताउदै जनताको काम गर्न नेतालाई आग्रह गर्नुभयो । ३८ महिनामा ओलीले गरेका राष्ट्रिय गौरवका आयोजना, मधेशको लाईफलाईन हुलाकी सडक निर्माण लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो ।
साथै मधेसबादी दलले मात्र सहिदको नाममा निर्वाचित भई मधेसीसंघ घात गरेको बताउनु भयो । मधेसबादी दलका नेताहरुले सरकारमा सहभागी नहूदा संबिधन संसोधन गर्नु पर्छ पुर्न लेखन गर्नु पर्छ तर सरकारमा हूदा केही गर्नु परदैन ऊनीहरुले मधेसी जनताको लागी नभई मात्र आफ्नो स्वार्थको राजनीति गरेको बताऊँनु भयो । मधेश बादी दलका नेताहरूले मधेसी जनताहरुसंग घात गरेका छन यसको परिणाम आऊदो चुनावमा जनताले दिने छन भने बताऊँनु भयो ।
उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा एकतावद्ध हुन सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा ओबीसी महासंघ राष्ट्रीय अध्यक्ष तेजप्रकाश निषाद , जिल्ला सचिव तथा छिपहरमाई गाऊपालिका अध्यक्ष मनोज गुप्ता , नेता धामु शर्मा , रामबाबु चौरसिया अकलेस साह लगायतका नेताहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य संजीव मिश्रा राष्ट्रीय युवा संघ नेपाल पर्साका अध्यक्ष मोहमद निजाम , जिल्ला कमिटी सदस्य राजेश सहनी , गाऊपालिका कमिटी उपाध्यक्ष कृष्णा कुशवाहा , नेता बीरेन्द्र पटेल , प्रमोद पटेल , बीजबिहारी चौहान , दिनानाथ चौहान , अली अखबर , दिनेश साह , द्वारिका पटेल लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो ।