बिरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाको सभापतिमा छठु साह निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहिबार सम्पन्न गाउँपालिका अधिवेशनबाट सभापतिमा साह निर्विरोध निर्वाचित भएका हुन् ।
गाउँपालिका समितिको उपसभापतिमा रजाक राउत गद्दी, मोलाजिम मियाँ मन्सुरी, सचिवमा महमद नाजिर हुसेन मुकेरी, रामानन्द ठाकुर लोहार, सह सचिवमा हिरालाल राउत कुर्मी, जयबालक साह कानु निर्वाचित भएका छन् ।
यस्तै, समितिको सदस्यमा लिला श्रेष्ठ, महन्थ प्रसाद पटेल, सुरेन्द्र प्रसाद कुशवाहा, शिवदुलारी देवी साह, रामराज चौरसिया, जयचन्द्र प्रसाद, धुनिया देवी, अनिल कुमार कण्ठ, सतानन्द मिश्र, भागमती देवी, शम्भु साह तेली, जयकिशुन राउत बरै, रीना देवी, अजय कुमार कलवार, रामन महतो केंवट, कान्ति देवी महरा, लालपरी देवी महरा, सदाम हुसेन, रामसागर बैठा, मजिद देवान, अमरुल आलम, शिवनारायण प्रसाद चौरसिया , इब्राहिम मियाँ, वैधनाथ प्रसाद बरै र वीरेन्द्र प्रसाद बरै निर्विरोध निर्वाचित भएको मतदान अधिकृत लालदेव प्रसाद यादवले जानकारी दिए ।
गाउँपालिका सभापतिमा साह निर्वाचित भएपछि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पार्टीलाई बिजयी गराउने प्रतिबद्धता जनाए । उनले वडादेखी पालिका अध्यक्ष सम्मको सम्पूर्ण पदमा पार्टीको उम्मेदवारलाई विजयी गराउने वताए ।
पत्रकारिता र समाजिक क्षेत्रमा लामो समय सम्म काम गरेका साह आफ्नो मूल्यांकलन गरेर गाउँपालिका सभापतिको जिम्मेवारी दिएकोमा सम्पूर्ण पार्टी पंक्तिलाई धन्यावाद तथा अभार समेत प्रकट गरे ।
गाउँपालिका पार्टी कार्यालय मुडलीमा भएको अधिवेशनमा सभापतिमा निर्वाचित अध्यक्ष साहसहित गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि पंचानन्द मिश्रा, रामप्रसाद चौहान, स्थानिय नेता अजय पटेल, संजय साह, वडा सभापतिहरु नेजामुदिन मियाँ, सिकेन्द्र देवान, रामशिष चौरसिया, अमिरका ठाकुर लागयतकाले फुल माला र अविरको टिका लगायर बधाई तथा शुभकामना दिएका थिए ।