सिमरा । सिमरामा खानेपानी उपभोक्ता तथा सरसफाई समितिमार्फत निर्वाचनमा पाँचदलीय गठबन्धनको सर्मथन प्राप्त प्यालनले हारको सामना गर्नु परेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एस)को समर्थन प्राप्त गठबन्धनलाई परास्त गर्दै नेकपा एमालेको सर्मथन प्राप्त कासिम मियाको प्यानल आगामी चार वर्षकालागि निर्वाचित भएको हो ।
गठबन्धनको नेतृत्व राजकुमार भट्टराईले गर्नु भएको थियो । यस अघि तीन पटक समितिको कुशल नेतृत्व गर्नुभएका मियालाई चुनाव प्रचारको क्रममा गठबन्धनको प्यानलले अपारदर्शी, मनपरीतन्त्र , भ्रष्टाचार गरेको आरोप लगाएका थिए । तर २ हजार १ सय भन्दा बढी रहेका मतदाताले चौथो पटक पनि कासिम मियालाई अध्यक्षमा निर्वाचित गरेर बिपक्षीको आरोपलाई खारेज गरिदिएका छन ।
भट्टराईको प्यानलबाट उपाध्यक्षका प्रत्यासी पूर्णचन्द्र तिमिल्सीना निर्वाचित भएका छन । हुसेन नेतृत्वको प्यानलको सचिव जयकिशोर राउत, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल निर्वाचित भएका हुन ।
फाल्गुन १३ गते निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका थिए । खानेपानी समितिमा भएको यो निर्वाचनको परिणामले भने नेकपा एमालेमा उत्साह संचार भएको छ ।
जनताको प्रत्यक्ष जीवनसंग जोडिएको पानी र त्यसको संचालनकालागि जिम्मेवार ब्यक्ति छनौटको प्रक्रियामा एमाले पक्षधर निर्वाचित भएकोमा एमाले उत्साहित भएको छ ।सीमराको यो निर्वाचनमा एमाले संग जनमोर्चाको सहकार्य रहेको थियो ।