वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष के पी ओली चैत्र ८ गते वीरगञ्ज आउने नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले जनाएको छ ।
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको आयोजनामा हुने सन्देश सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली चैत्र ८ गते वीरगञ्ज आउने तय भएको उपाध्यक्ष महेश दासले जानकारी दिए । लोसपाका नेता राजेश मान सिँह, निर्वाचित वार्ड अध्यक्षहरु सहित लोसपा, जसपा, माओवादी, काग्रेस परित्याग गरी करीव ५ हजार व्यक्ति नेकपा एमालेमा प्रवेश गर्ने दासले बताए ।
चैत्र ८ गते घण्टाघरको वि पी उद्यानमा दिउँसो बृहत् पार्टी प्रवेश कार्यक्रम हुने त्यस अघि सिमराबाट वीरगञ्ज मोटर साइकल –र्याली हुने तयारी भइरहेको सचिव सुन्दर कुर्मीले जानकारी दिए । सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी सम्बन्धमा मंगलवार महानगर कमिटीको बैठक बसेको छ ।
बैठकमा केन्द्रीय सदस्यहरु प्रभु हजरा, निर्मला देवकोटा, राज कुमार गुप्ता, अरवीन्द सिँह प्रदेश कमिटी सदस्यहरु डा.विशम्भर शर्मा, विचारी यादव, वसरुदिन अन्सारी, नवराज शर्मा, विणा शर्मा, शम्भु गुप्ता, उसमान अन्सारी जिल्ला सचिव मनोज गुप्ताको उपस्थिती रहेको थियो ।
महानगर समितिका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले विभिन्न ९ वटा उपसमितिहरु गठन गरीएको उपसचिव अनवर अलीले बताए ।