पर्सा । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १९९ सदस्यीय केन्द्रीय कमिटी र तीनवटा आयोगका पदाधिकारी तथा सदस्यहरुको नामलिस्ट अध्यक्ष मण्डलले सार्वजनिक गरेको छ
चुनावको माग गर्ने नेताहरुको आग्रह अश्वीकार गर्दै अध्यक्ष मण्डलले लिस्ट टाँसेको हो । अध्यक्षका दाबेदार बरिष्ठ उपाध्यक्ष माधव नेपाल लगायतले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका थिए ।
आइतबार केन्द्रीय सदस्यहरुको नाम समेत टुंग्याएर केन्द्रीय समितिलाई पूर्णता दिइएको । चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन् भने उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रि चौधरी, राजेश राई, देविका घर्ती मगर छन् ।
महासचिवमा हिरामान लामा चयन भएका छन् भने उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् । कोषाध्यक्षमा इन्द्र आचार्य, विक्रम लुइटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल,प्रदीप आचार्य,विष्णु शर्मा, लोग्सरी कुँवर, हरिबल्लभ नेपाल चयन भएका छन् ।
त्यस्तै अनुशासन आयोगको अध्यक्षमा नवराज महतरा, लेखा आयोग अध्यक्षमा सटेन्द्र जगेबु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कमिटिको केन्द्रीय सदस्यमा पर्साका शत्रुघन नेपाल बाराका अच्युत पौडेल परेका छन । भने निर्वाचन आयोगको सदस्यमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी निर्वाचित भएका छन ।