पर्सा । चुनाव घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने चर्चा चल्न थालेको छ। फरक फरक पार्टीबाट आफ्नो बेस बनाएका उम्मेदवार यति बेला गाऊँ र पार्टीमा स्टन गर्न थाली सकेका छन्।
पर्सा जिल्लामा पनि यसको असर परेको देखिन्छ। सरकारले तोकेको २०७९ साल बैशाख ३० गते स्थानिय चुनावले राजनीतिक दाउपेजले निक्कै महत्व राख्ने देखिन्छ । स्थानिय चुनावमा आफ्नो विजयीको अनुकुल बनाएर टिकट पाउँने दाउपेजमा राजनीतिक स्रष्टाहरुमा पार्टी परिर्वतन पनि उत्तिकै देखिएको छ । पर्सा जिल्लाको पकाहामैनपुर गाऊपालिकामा पनि यति बेला अबको गाऊपालिका अध्यक्ष को ? भन्ने चर्चा चुलीमा पुगेको छ।
विभिन्न पार्टी बाट राजनीति गर्दै आएका सामाजि, राजनीतिक ब्यक्तिहरुले आउदो स्थानिय चुनावमा आफुलाई आगाडी बढाउने चर्चाले पकाहा मैनपुर गाऊपालिका यतिबेला राजनीतिमय बन्दै गएको छ। स्थानिय चुनावको निर्कोल नहुँदै कति राजनीतिककर्मीले पदको उम्मेदवारीको पक्का पक्की निर्णय पनि लिएको देखिन्छ, भने कति अन्योल र छाँयाभित्र पनि देखिएका छन् । नया पुस्ताले पनि आउदो स्थानिय चुनावमा उम्मेदवारी बढी भन्दा बढी दिने दाउमा छन्। स्थानियहरुले पनि धेरै स्थानमा नया अनुहार ल्याउन माग समेत गरेको देख्न सकिन्छ।
पकाहा मैनपुर गाऊपालिकामा अध्यक्ष पदकालागि कुन दलबाट कस कसको नाम चर्चामा छ ? हामीले तयार पारेको रिपोर्ट ।
नेकपा एमालेबाट
राजेश सहनी – पकाहा मैनपुर गाऊँपालिकामा सबैले चिनेको नाम हो राजेश सहनी । गाऊँ कमिटीका सचिव समेत रहेका सहनी गाऊँपालिकामा निकै लोकप्रिय हुन । यस पटक जनताले आफुलाई जनमत दिने सम्भावना रहेको भन्दै चुनाव जित्ने सहनीको दाउ छ। एमाले जिल्ला सदस्य समेत रहेका सहनी पार्टीले टिकट दिए अध्यक्षमा लड्ने पक्का भएको उनि निकट एमाले कार्यकर्ता बाताउछन् । गाऊँपालिकामा युवा उम्मेदवार रहेका सहनी निकै मिलनसार रहेको स्थानीयहरु बाताउछन् ।
नेपाली कांग्रेसबाट
सुरेश मेहता – पकाहामैनपुर गाऊपालिकाका लागि पुरानो नाम मानिन्छ।शान्त र थोरै बोल्न्ने स्वभाब भएका मेहता हालमा पकाहा मैनपुर गाऊपालिकाका अध्यक्ष पदका उम्मेदवार हुन । मेहता २०७४ सालको चुनावमा नेकपा माओवादीबाट चुनाव लडेका थिए । उनी थोरै मतले पराजित भएका थिए । तर यसपाली नेपाली कांग्रेस पार्टीका उम्मेदवार हुन ।
हरी चौहान – चौहान नेपाली कांग्रेसका पकाहा मैनपुर गाऊपालिकाका लागि पुराना नेता हरुमा गनिन्छन् । उनि भर्खरै सम्पन्न १४ औ गाऊपालिका अधिबेशनबाट नेपाली कांग्रेस पकाहामैनपुर गाऊँपालिक कमिटी संयोजकमा निर्वाचित समेत भएका हुन्। अघिल्लो स्थानिय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट चौहान गाऊपालिका अध्यक्षमा चुनाव लडेका थिए तर उनी पनी पराजित भएका थिए । तर यस पटक भने उनि कुनै पनि हालतमा अध्यक्षको टिकट नछोड्ने दाउमा छन भने गाऊँमा चर्चा चलेको छ ।
नर्शुल्लाह मियाँ – नर्शुल्लाह मियाँ गाऊपालिकाका नेतामा चिनिन्छन् । नेपाली काङ्ग्रेसबाट यस पटकको स्थानिय चुनावमा चर्चामा रहेको छ। बोलीले कडा भए पनि जनताको काम उनले गरेका छन्। उनलाई गाऊपालिका अध्यक्षमा चुनाव लड़ाउन एउटा टोली केन्द्रिय नेताहरु समक्ष लबिङ्ग नै गरिरहेका छन् भने श्रोतले जनाएको छ ।
लक्ष्मण प्रसाद कुर्मी – लक्ष्मण प्रसाद कुर्मी गाऊँपालिकामा कहलिएको नाम हो।पटेल ट्रेड यूनियन संघ मधेश प्रदेशका अध्यक्ष पनी हुन । स्थानिय तथा केन्द्रिय नेताहरुसंग राम्रो सम्बन्ध रहेको पटेल जनता माझ पनि प्रिय छन । नम्र स्वभावका उनलाई मन पराउनेहरुको भिड पनि बाक्लो छ। यस पटक आफुलाई गाऊपालिका अध्यक्षको टिकट दिएर अगाडी बढाउन प्रोहोत्सान गर्न नेताहरुसंग उनि पनि लबिङ्गमा छन।
सिन्धु मेहता – सिन्धु मेहता नेपाली कांग्रेस पकाहा मैनपुर गाऊपालिकाका लागि चर्चित नाम हो। नेपाली कांग्रेसमा राजनीति गरेका मेहता हालै सम्पन्न अधिबेशनबाट गाऊपालिकाको वडा न - १ को सभापतिमा निर्वाचित ब्यक्ति हुन । उनको लोकप्रियता सबैतिर बढ्यो उनले गरेको आटको सबैले तारिफ समेत गरेका छन्। मेहता भने यस पटक अध्यक्षको टिकट पाउने मेरो सम्भावना बढेको छ। पार्टीले टिकट दिए चुनवा जित्ने उनले बताए।
जनता समाजवादी पार्टिबाट
बिजय चौरसिया – जनता समाजवादी पार्टिबाट चौरसियाको नाम अग्रपंतिमा रहेको छ।उनी जास्पाबाट निर्वाचित गाऊँपालिका अध्यक्ष हुन । माओबादीका उम्मेदवार मेहतालाई पराजित गर्दै गाऊपालिका अध्यक्षमा चुनाव जीतेका थिए । यस पटक भने पुरै तयारीका साथ् चुनावमा होमिएका छन्। यस पटकको स्थानिय निर्वाचनमा जसपालाई जित दिलाउन हर कोशिस गरिरहेको गाऊँलेहरु बताउछन् ।
एकीकृत समाजबादी
मदन पासवान – पासवान पकाहा मैनपुर गाऊँपालिकामा समाजबादीबाट चुनाव लड्ने एक मात्रै उम्मेदवार हुन्। उनले गाऊँपालिका थोरै मतान्तरले गाऊपालिका अध्यक्षमा चुनाव हारेका थिए ।उनी अघिलो चुनावमा एमालेबाट लडेका थिए भने यसपाली एमालेले टिकट नदिएपछी समाजबादीबाट चुनाव लडने पक्का भएको छ ।
लोसपा नेपालबाट
लोसपा नेपालमा हालसम्म कुनै उमेदवारको नाम चर्चामा रहेको स्थानीयहरुले बताउछन । कतीजानाले लोसपा नेपालको उम्मेदवार नै नभएको बताऊँछन ।
माओवादीबाट
नेकपा माओवादीमा हालसम्म कुनै उमेदवारको नाम चर्चामा रहेको स्थानीयहरुले बताउछन । कतीजानाले माओबादीको उम्मेदवार नै नभएको बताऊँछन ।