पकाहाँ । नेकपा एमालेको तर्फबाट पकाहाँमैनपुर गाऊँपालिकाको अध्यक्षको लागि युवा नेता राजेश सहनीले उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका छन् । केही दिन अगाडी मात्र पकाहाँ मैनपुरको सुर्जहामा जनताहरु संग भेटघाट कार्यक्रम गर्दै उक्त तयारी बारे जानकारी गराएका हुन् ।
पकाहाँमैनपुर गाऊँपालिकालाई बिकसित र शिकक्षित बनाउने सन्दर्भमा भष्यिपरक दृष्टिकोणका साथ २ घण्टाभन्दा बढी समय अन्तर–संवाद भएको थियो । गाऊँको बहु आयामिक विकास र सुशासन स्थापित गर्ने सन्दर्भमा समेत छलफल केन्द्रित रहेको थियो ।
पकाहाँमैनपुर गाऊँपालिकालाई प्राथमिकता दिएर रिपोर्टिङ गर्ने सञ्चार गृहका संस्थापक तथा प्रतिनिधिहरुसंगको उक्त भेटमा गाऊपालिका प्रमुख बन्न सबै कुराले आफू योग्य रहेको बताए । आफ्नो दल भित्र पनि आकांक्षी साथीहरू बिच बृहत् सहमति, सहकार्य र समझदारी निर्माण गर्दै एकताका साथ आगामी चुनावमा पार्टी विजयको योजनाको स्पष्ट मार्ग चित्र निर्माण गर्दै अगाडी बढ्ने कुरामा विश्वस्तता देखाए ।
पार्टीका अग्रजहरूले दिनु भएको सल्लाह, सुझाव एवं सुभेच्छालाई मध्यनजर गर्दै प्रमुखको उम्मेदवारी भने केही दिनमै आफ्ना स्पष्ट योजना सहित घोषणा गर्ने जनाए । ‘नेकपा एमालेका लागि यस पटकको स्थानीय तहको निर्वाचन विशेष छ । राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाले देश भरबाटै सकारात्मक परिणाम आउने कुरामा हामी विश्वस्त छौँ ।’ सहनीले भन्छन्, ‘पकाहाँमैनपुर गाऊँपालिकाको हक भन्नु पर्दा अघिल्लो पटक केही कारणले हाम्रा उम्मेदवार मदन पासवानले पराजय बेहोर्नु पर्यो । यस पटक अघिल्लो पटक भएका कमी कमजोरीलाई नदोहर्याउने प्रण लिनु पर्छ ।’
उनले भने, विगतमा मैले खेलेको भूमिकालाई मध्यनजर गर्दै गाऊँपालिकाका पार्टी पङ्क्तिमा भएका साथीहरूले तपाई हुनुपर्छ भन्ने सुभेच्छा जाहेर गर्नु भएको छ । जसका लागि उम्मेदवार बन्न योग्य ठानेको छु । पार्टीका साथीहरूबाट सर्वसम्मत उम्मेदवारी चयन हुनेमा विश्वस्त छु ।
उनले भने, म नेकपा एमालेको सच्चा सिपाही हुँ । पदमा रहनै पर्छ भन्ने मान्यता म मा छैन । पद मेरो लागि गौण कुरा हो । परिणाममुखी कार्यका लागि ‘उचित व्यक्ति, उचित ठाउँ’ हुन पर्दछ भन्ने हो । विपक्षी पार्टीहरूसँग प्रतिस्पर्धा गर्ने सन्दर्भमा स्पष्ट दृष्टिकोण, विचार, रणनीति र कार्य योजनामा आम मतदाताहरू बिच बहस, अन्तरक्रिया, छलफल चलाउन जरुरी रहेको र सो कुरामा आफू र आफ्नो पार्टी तयार रहेको सहनीले बताए ।
को हुन् राजेश सहनी ?
२०६५ सालदेखि राजनीतिमा होमिएका राजेश सहनी पकाहाँमैनपुर गाऊँपालिका वडा न २ सुर्जहाका स्थानीयवासी हुन् ।
२०७४ सालको संसदीय निर्वाचन पार्टीलाई विजयी बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरेका थिए ।
२०६९ सालदेखि गाउँ कमिटी , क्षेत्रीय , अहिले जिल्ला सदस्य भएका हुन । पकाहामैनपुर गाऊपालिका कमिटीका सचिव समेत हुन ।
सामाजिक गतिविधिको अभियान नै सञ्चालन गरेर उनको नेतृत्वमा धेरै सामाजिक कामहरू भएका छन् ।कोरोनाको समयमा स्वयंसेवक भई काम गरेका हुन ।
कोभिड–१९ को महामारीको बिच राहत तथा स्वास्थ्य सामाग्री वितरणमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरे । कोभिड–१९ महामारीमा उनको नेतृत्वमा पार्टीको तर्फबाट गाऊँ विपद् व्यवस्थापनमा आर्थिक सहयोग गर्नुको साथै विपद् व्यवस्थापनमा पार्टीको महत्त्वपूर्ण भूमिका देखाएका थिए । पटक–पटक गाऊपालिकामा भएका गलत क्रियाकलापको उत्थापन गर्दै ध्यानाकर्षण गराउने, दबाब दिने र बजेट तर्जुमा गर्ने समयमा समेत गाऊँको विकास, समृद्धि र सुशासनका विषयमा विविध सुझाव दिएका छन् ।