वीरगंज / राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को बैठक वीरगंज महानगरपालिका को रानिघाट स्थित पार्टी कार्यालय मा बैठक सम्पन्न भएको छ।
आउदो स्थानीय चुनाव २०७९ साल बैशाख ३० गते हुने चुनाव को बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ। साथै चुनाव को मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ पर्सा जिल्लामा पहिलो पार्टी बनाउन को लागि पार्टी को प्रचार प्रसार मा लागन समेत बैठक बाट निर्णय गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जनलहर पर्सा जिल्लामा लयाउन को लागि प्रत्येक क्षेत्र, नगर, गाउँ पालिका मा कोण सभा गर्नु पर्ने बैठक बाट निर्णय गरेको छ।
योग्य र जितने उमेदवारहरु लाइ पार्टी बाट टिकट दिइ चुनाव मा जिताउन मा लाग्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु लाइ पार्टी को ब्यापक रूपमा प्रचार प्रसार गर्न बैठक बाट निर्णय गरेको छ।
पार्टी को बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश प्रदेश अध्यक्ष भरत गिरी को प्रमुख अतिथि तथा पार्टी का पर्सा जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्याय को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी का मनार्थ अध्यक्ष अंगद ठाकुर विशिष्ट अतिथि पार्टी का केन्द्रिय सदस्य अर्जुन गिरी,पार्टी का पुर्ब केन्द्रीय सदस्य रामबहादुर थापा, पुर्व केन्द्रिय सदस्य बिसनाथ साह तेली, पुर्ब केन्द्रीय सदस्य नगिना कुमार यादव, पार्टी का जिल्ला उपाध्यक्ष अवध किसोर साह, शान्ति केशी,रामयोध्या प्रसाद कुर्मि, राजेश कुमार गुप्ता, जिल्ला सचिव पनालाल पटेल, जिल्ला सह सचिव पवन प्रसाद साह, जिल्ला सदस्य छठु साह कानु, देवेन्द्र ढुङगाना,उमेश कुमार राम, उदित सहनी,पदेन सदस्यहरू वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ,रोसन यादव,दिपनारायण यादव, योगेन्द्र पटेल, चन्द्रिका सहनी लगायत का ब्यत्किहरु को उपस्थिति रहेको थियो।